समाचार

विधि र प्रक्रियाबाटै सहमति खोज्न कानूनविद्को सुझाव

काठमाडौँ, ११ पुस । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ । संघीय व्यवस्थापिका–संसद्द्वारा काठमाडौँमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले उक्त सुझाव दिएका हुन् । वरिष्ठ...

पोखरालाई खेलकुदको शहर बनाइने

पोखरा, ११ पुस । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताउएका छन् । पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सो नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा...

मउवा संघ निर्वाचनमा गठबन्धनको पक्षमा छैनौँ : पराजुली

मकवानपुर, ११ पुस । नेपाली काँग्रेसका हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीले यही पुष १५, १६ र १७ गते हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस राजनीतिक गठबन्धन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । ‘व्यवसायिक संस्थाहरु स्वतन्त्र र व्यवसायिक नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । संस्थामा राजनीति...

पार्टी एकतालाई खलल नपुराएको प्रचण्डको दाबी

चितवन, ११ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताउनुभएको छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले यहाँ आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा आयोेजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद...

फेरिएन दनुवार बस्तीको मुहार

धुलिखेल, ११ पुस । दनुवार समुदायको जीवनस्तर सुधार गर्न नसकेको भन्दै पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले दुःख व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– १२ बालुवास्थित दनुवार बस्तीमा अझै पनि चिरा–चिरा परेका अवस्थाका घर भएको र पुनःनिर्माणका लागि आवश्यक जनशक्ति र आर्थिक अभाव भएको उहाँले बताउनुभयो । विसं २०७२...

धुर्मुस सुन्तलीको सन्तपुर बस्ती बनाउन २ करोड अझै अपुग

रौतहट, ११ पुस । रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा समाजसेवी तथा हाँस्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट विधिवत रुपमा कम्पाउण्डको वालबाट कार्य थालनी गरिएको उक्त बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक...

पत्रकारिता पुरस्कारकालागि महेन्द्र राउतले दिए महासंघलाई एक लाख

मकवानपुर, ११ पुस । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले आफ्नो हजुरबुवा हजुरआमाको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्ने गरी पत्रकार महासंघ मकवानपुरलाई एक लाख रुपियाँ सहयोग गरेका छन् । सोमबार हेटौंडामा एक कार्यक्रमकाबीच राउतले पत्रकार महासंघका अध्यक्ष हरि हुमागाइँलाई चेक हस्तान्तरण गरेका हुन् । उनले हजुरबुवा मानबहादुर र...

राउतको प्यानलले गरे उम्मेदवारी घोषणा ,को को छन् उम्मेदवार ?

मकवानपुर ११ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि वर्तमान महासचिव महेन्द्र राउतको प्यानललेनै उम्मेदवारी घोषणा गरेका छन् । हिजो सोमबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष महेन्द्र राउत ,वाणिज्य तर्फको उपाध्यक्ष कृष्णकुमार गुप्ता ,एशोसिएट तर्फको उपाध्यक्ष उज्वल चौंलागाई ,उद्योग तर्फको उपाध्यक्ष रविन्द्र प्रसाद घिमिरे साथै १७ सदस्य शहिदको...

पूर्व विद्यार्थीको पुनर्मिलनबाट एक करोड संकलन

म्याग्दी, १० पुस । धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौँ शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन भए पनि खर्च...

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

काठमाडौँ, १० पुस । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।...