‘उद्योगी व्यवसायीको हितमा कटुवाल भन्दा म एक कदम अगाडि छु’ : महेन्द्र राउत
मकवानपुर, ९ पुस । मकवानपुर उद्योग वाणिज्य संघको यही पुस १५ गतेदेखि हुने निर्वाचनमा उम्मेदवारहरु डटेर लागेका छन् । अध्यक्ष पदकालागि महेन्द्र राउत र कृष्णकुमार कटुवालको उम्मेदवारी पक्का भईसकेको छ । तु खबरसँगको कुराकानीमा वर्तमान महासचिव महेन्द्र राउत आफु २० बर्ष अघिदेखि व्यवासायीक क्षेत्रमा आएको कारण आफुले सामान्यदेखि ठुलासम्मका व्यवसायीको मर्का बुझेको कारण व्यवसायीले आफुलाई यसपटक जिताउनेमा आफु विस्वश्त रहेको बताए ।
व्यवसायीको हित मात्र नभई सर्वसाधारण जनताको हित तथा मउवा संघलाई अन्तराष्ट्रिय रुपमा समेत परिचित गराउन सफल म जतिको उम्मेदवार अरु छैन् । अन्तराष्ट्रिय रुपमा मउवा संघलाई १८ देशको म्यान फेस्टीवलमा नेपालको पहिलो सहभागीको रुपमा मउवा संघ उपस्तीत भयो त्यो मेरै पहलमा हो ।
तु खबर –महासचिव हुँदा व्यवसायीको हितका लागि के के गर्नुभो ?
राउत– म लामो समयदेखि मउवा संघमा छु । सामान्य व्यवसायीको हितका लागि मैले निकै कामहरु गरेको छु । व्यवसायीको हित मात्र नभई सर्वसाधारण जनताको हित तथा मउवा संघलाई अन्तराष्ट्रिय रुपमा समेत परिचित गराउन सफल म जतिको उम्मेदवार अरु छैन् । मैले भुकम्पको बेला तत्काल ३३ मृतकको परिवारहरुलाई सहयोग गरेको छु । त्यो बेला १ परिवारलाई १० हजारको दरले आफ्नो व्यक्तिगत पहलमा सहयोग गरँे । साथै आफ्नै पहलमा ४२ परिवारलाई राहत दिलाएँ । २५ मिटर सडक विस्तारबाट धेरै व्यवसायी विस्थापित हुने भएकोले त्यसलाई तत्काल रोक्न पहल गरी व्यवसायीको हित र सडक विकास प्रति पनि आफु सकारात्मक रुपमा अघि बढें । स–साना व्यवसायीका प्रशासनिक समस्या स्थानिय तहसंगको कोअर्डिनेशन लगाएतका क्षेत्रमा छाति ठोकेर भन्न सक्छु मैले निकै कामहरु गरेको छु । त्यसैगरी अन्तराष्ट्रिय रुपमा मउवा संघलाई १८ देशको म्यान फेस्टीवलमा नेपालको पहिलो सहभागीको रुपमा मउवा संघ उपस्तीत भयो त्यो मेरै पहलमा हो । अन्य कामहरुपनि गरेको छु ।
तु खबर– महासचिव हुँदा नै टन्नै काम गर्नुभएको रहेछ अनि किन हुनु पर्यो त अध्यक्ष ?
राउत– महासचिव हुँदा मैले राम्रा कामहरु गरेको छु त्यो आम व्यवसायीलाई थाहा छ । यसको मतलब म अध्यक्ष भएपछि पनि काम गरीनै रहने छु । मैले काम नगरेको खण्डमा मेरो मउवा संघमा कुनै अस्तित्व रहन्न । महासचिव हुँदा सफलताका साथ पुरा गर्न नसकेका मेरा व्यवसायिक हितका योजना पुरा गर्नको लागि म अध्यक्ष हुन लागेको हुँ । प्राविधिक रुपमा समेत मेरो उम्मेदवारी सहि छ । जुन काम मैले महासचिव हुँदा गर्न सकिन त्यो काम अध्यक्ष हुँदा गछ्र्रु । यहाँ बहुराष्ट्रिय कम्पनीहरु छन् तर मिडियाहरु व्यवसायिक रुपमा धरासायी छन् मेरो नेतृत्वमा त्यो केहि मात्रामा भनेपनि सकारात्मक सहजिकरण गर्ने छु ।
तु खबर–तपाईका योजना के के हुन् ?
राउत– म आश्वासन बाँढ्दीन जे गर्न सक्छु त्यो मात्र बोल्छु । मेरो योजनाहरुमा सर्वप्रथम मउवा संघ व्यवसायीहरुको संघ हो र त्यहि रहन दिन्छु । मउवा संघले यो कार्यकालमा पुरा गर्न नसकेको कामहरु म पुरा गर्छु । साना देखि ठुलासम्मका व्यवसायीहरु संग मेरो प्रत्यक्ष सम्बन्ध भएका कारण दुवैको समस्याको समाधानको लागि म पहल गर्ने छु । व्यवसायीको स्थानिय तहमा सम्बन्ध विस्तार देखि परिआएको प्रशासनिक समस्याको समाधानको लागि समेत मेरो पहल हुने छ । व्यवसायीहरुलाई मउवा संघ सवैको साझा संस्था हो भन्ने प्रत्याभुती दिलाउने वातावरण सृजना गर्छु । पल्पसा सभागृहमा उदाहरणीय बहुव्यवसायिक भवन निर्माण गर्न पहल गर्छु । मउवा संघको आफ्नै भवन निर्वाण देखि विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा विभिन्न तालिमको व्यवस्था मिलाउँछु । बस्तुगत तर्फका व्यवसायीहरुलाई पनि तालिमको व्यवस्था मिलाउँछु । व्यवसायीहरु विदेशिन बाध्य हुर्ने अवस्थालाई चिर्न व्यवसायिक जानकारी तालिम दिएर आर्थिक समृद्धीको लागि पहल गर्नेछु । केहि व्यवसायीहरुलाई बैदेशिक भ्रमणमा लगेर थप ज्ञान विस्तारको लागि पहल गर्नेछु ।
यहाँ बहुराष्ट्रिय कम्पनीहरु छन् तर मिडियाहरु व्यवसायिक रुपमा धरासायी छन् मेरो नेतृत्वमा त्यो केहि मात्रामा भनेपनि सकारात्मक सहजिकरण गर्ने छु ।
तु खबर–तपाईलाई हालका अध्यक्ष एवम् अध्यक्षका उम्मेदवार राजकुमार न्यौपाने र अध्यक्षकै उम्मेदवार कृष्ण अग्रवालले सर्मथन गरे । पहिले उनीहरुले समर्थन गर्ने संकेत थिएन कतिपय व्यवसायीहरुलाई चलखेल भयो भन्ने लागेको छ । यसबारे के भन्नुहुन्छ ?
राउत- सर्वप्रथम मैले उम्मेदवारी दिएँ त्यसपछि उहाँहरुले पनि उम्मेदवारी घोषण गर्नुभो । यसमा चलखेलको कुरा कै पनि छैन् मैले बर्तमान महासचिव हुँदा गरेको कार्यको मुल्याङ्कन गरी उहाँहरुले मलाई सर्पोट गर्नुभएको हो । पदमा आउने सबैको चाहाना हुने भएको हुँदा उम्मेदवारी दिनु भो पछि चर्को व्यवसायीको माग महेन्द्र राउत नै भएको चालपाएर उहाँहरुले समर्थन गर्नुभएको हो । चलखेल भन्दा पनि हाम्रो एकता व्यवसायीको माग हो ।
जति मसंग अनुभव र साना देखि ठुला सम्म सिधा सम्पर्क छ जति मैले बिगतमा गरेका कामहरु छन् त्यसको तुलनामा कृष्ण कटुवाल निकै पछाडि हुनुहुन्छ ।
तु खबर–कृष्ण कटुवाल र तपाईमा फरक के ? किन तपाईलाई नै मत दिने ?
राउत–पहिलो कुरो म व्यवसायी हुँ । उहाँ हामी भन्दा अलि फरक व्यवसायी हुनुहुन्छ । म त्यसबारे केहि भन्न चाहान्न । मैले वर्तमान समयमा धेरै कामहरु गरेको छु । मेरो कामको मुल्याङ्कन अनुसार व्यवसायीले मलाई मत दिनेछन् यसमा म विस्वश्त छु । म व्यवसायीक रुपमा आएको २० बर्ष भयो । मेरो सानो तहदेखि ठुलो तहसम्म राम्रो र प्रत्यक्ष सम्बन्ध छ । म आगामी दिनहरुमा धेरैकामहरु गर्न सक्छु कटुवाल जिलाई म व्यवसायीक मान्दीन । जति मसंग अनुभव र साना देखि ठुला सम्म सिधा सम्पर्क छ जति मैले बिगतमा गरेका कामहरु छन् त्यसको तुलनामा कृष्ण कटुवाल निकै पछाडि हुनुहुन्छ ।
तु खबर– के छ त प्रतिक्रिया व्यवसायीको ?
उत्तर– प्रत्येक व्यवसायीको दैलोमा पुग्ने कोशिस गरेको छु नपुगेको स्थानमा मिडिया मार्फत जानकारी दिईरहेको छु । मैले भोट हाल फैलाएर मागेको छु आफ्नो योजना सहित मागेको छु । यसलाई जनताले बुझेका छन् र भोट दिने वाचा समेत गरेका छन् । ढुक्क हुनुस् चुनाव जित्छु र व्यवसायीको हितको लागि काम गर्ने प्रण गर्दछु ।
