मापसे गर्ने दुई सय पैँतालिस चालक पक्राउ

तु खबर संवाददाता
२०७४ पुष १०, सोमबार १०:१८
फोटो : गुगल

काठमाडौँ, १० पुस । क्रिसमसमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २ सय ४५ जनालाई महानगरीय ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । आइतबार सवारी जाँच गर्ने क्रममा मापासे गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले आइतबार विशेष रुपमा सवारी चेकिङ गरेकोमा मापसे गरी सवारी चलाउनेहरु कारवाहीमा परेका हुन् । चाडपर्वको बाहानामा मापसे गर्नेहरुको संख्या बढ्ने हुँदा जाँच कडा पारिएको थियो । जाँचका क्रममा ८४ सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*