४ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७४ पुष १३, बिहीबार ०८:४३

काठमाडौँ, १३ पुस । मुलुकका विभिन्न स्थानहरुमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१५ नख्खु मिलनवस्ती डेरा गरी बस्ने काभ्रेको बनस्थली घर भएका ३२ बर्षीय दिनेश तामाङ बुधबार डेरा कोठाको ढोका नजिक मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको जलजला गाउँपालिका–८ खनियाघाट स्थित काली गण्डकी नदीको किनारमा मंगलबार सोही ठाउँको नाङलिवाङ बस्ने ७४ बर्षीय डण्डे दमाई मृत अवस्थामा फेला परेका छन् ।

रामेछापको मन्थली नगरपालिका–१ स्थित तामाकोशी किनारमा मंगलबार नाम,थर,वतन खुल्न नसकेका अंदाजी ४२ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँको काठमाडौँ महानगरपालिका–८ सूर्यघाट स्थित बाग्मती नदीको किनारमा मंगलबार नाम,थर,वतन खुल्न नसकेका अंदाजी ५० बर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*