१७ लाखभन्दा बढीको धनमाल चोरी
काठमाडौं, १३ पुस । मुलुकका विभिन्न स्थानहरुमा गरि करिब साढे सत्र लाखभन्दा बढीको धनमाल चोरी भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट डेरा गरी बस्ने बाराको सिमरा जितपुर घर भएका भेषबहादुर कुँवरको कोठाबाट बुधबार करीब ५ लाख ६७ हजार रुपैयाँ बराबरको सुनका गहनाहरु चोरी भएको छ ।
काठमाडौंको तार्केश्वर नगरपालिका–८ शान्तिटोल डेरा गरी बस्ने नुवाकोटको बागेश्वरी घर भएका सन्तोष न्यौपानेको डेराबाट बुधबार २ थान ल्यापटप ,१ थान क्यामेरा,नगद ९० हजार रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करीब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका स्थित मिनभवन तोयामार्ग बस्ने तोया गुरुङको घरबाट बुधबार नगद ३ लाख ७० हजार रुपैयाँ समेत गरी करीब १० लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
