राउत र कटुवालको चुनावी शैली : न भोक न तिर्खा
मकवानपुर, १३ पुस ।
आसन्न मकवानपुर उद्योग वाणिज्य संघको चुनावमा उम्मेदवारहरु आ–आफ्नै शैलीमा भोट माग्न व्यस्त देखिएकमा छन् । नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनमा महेन्द्र राउत र कृष्ण कटुवालको छुट्टा छुट्टै प्यानल फरक शैलीमा भोट माग्न व्यस्त देखिएका हुन् । अध्यक्ष पदका लागी राउत र कटुवालले मतदाता रिझाउन कुनै कसर बाकी राखेका छैनन् । भोक र तिर्खाको समेत प्रवाह नगरी अध्यक्ष पदका दुवै उम्मेदवार विभिन्न माद्यमबाट व्यवसायी रिझाउन लागि परेका छन् । चुनावी घरदैलोका क्रममा पनि दुवै उम्मेदवारले व्यवसायीको हक हितको पक्षमा आफु रहेको बताउने गरेका छन् । दुवै उम्मेदवार चुनाव जित्नेमा विश्वस्त देखिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा कटुवाललाई पूर्व अध्यक्षहरुले सहयोग गरिरहेका छन् भने राउतलाई दलहरुले सहयोग पुर्याइरहेका छन् । केही समय अघिसम्म तठस्थ बस्ने बताइरहेका पूर्व अध्यक्षहरु चुनाव नजिकिँदै जादा पक्ष विपक्षमा बिभाजित भएका छन् ।
मउवासंघमा यो कार्यकाल बरिष्ठ उपाध्यक्ष रहेका कटुवाल आफूले संघलाई निकै माथि पुर्याउने सपना बाँडिरहेका छन् भने राउत आफ्नो कार्यकालमा बाँकी रहेका असल कामहरु सक्ने उद्धेश्य रहेको बताउँछन् । अहिले कटुवाल र राउत घरदैलो, भेटघाट र छलफलमा व्यस्त देखिएका छन् । अध्यक्षका उम्मेदवार राउतले आफू व्यवसायीको समस्यामा सधैँ भरि काम गरिरहेकोले व्यवसायीले आफूलाई चुन्ने बताउँछन् । कटुवाल पनि आफ्नो पक्षमा माहौल मिलाउन लागिसक्के गरिरहेका छन् ।
कसले आफ्नो पक्षमा परिणाम हात पार्ने भनेर दुबै उम्मेदवार दौडमा छन् । यसअघि व्यवसायीको समस्यालाई वास्तै नगरेको आरोप कटुवालमाथि छ । कटुवाल सो आरोपको खण्डन गर्न व्यक्तिगत भेटघाटमा व्यस्त छन् । वर्तमान् अध्यक्ष राजकुमार न्यौपानेको साथ पाएका राउतले न्यौपाने कार्यकालको राम्रो वा नराम्रो कामको जसअपजस पनि लिनुपर्ने अवस्था छ । हुन त यसै कार्यकालमा न्यौपानेकै कार्यकालका बरिष्ठ उपाध्यक्ष कटुवाल पनि अपजस वा जसको भागिदार हुने निश्चितनै छ ।
