‘राजकुमार न्यौपानेले हिटलर शैलीमा काम गरे ’–माकाजु
मकवानपुर, १२ पुस । मकवानपुर उद्योग वाणिज्य संघका १६ औं अध्यक्ष जीवनकाजी माकाजुले मउवा संघका वर्तमान अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वले हिटलर शैलीमा काम गरेको आरोप लगाएका छन् ।
कार्य समितिमा हरेक काममा एक्लै निर्णय गरेका कारण व्यवासायीक हितमा काम नभएकोे उनले बताए । साथै यस्तै निर्णयको कारण संघको काममा विवाद हुने गरेको समेत उनले बताए । “कति पटक त वर्तमान अध्यक्षहरुले नै न्यौपानेको काम कारवाहीको विषयमा काम मिलाउनुपर्ने बाध्यता थियो ” उनले भने । महासचिव राउतले समेत एकल नेतृत्व टुलुटुलु हेरेर बस्ने गरेको उनको आरोप छ ।
उद्योग व्यापार क्षेत्रमा आफ्नो ५०–५१ बर्षको अनुभव रहेको आधारमा आफुले यस्तो प्रतिक्रिया दिएको उनले दाबी गरे । आज हेटौँडामा भएको मकवानपुरका व्यवासायीहरुसंगको छलफलको क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन । कृष्ण कटुवाल टिमले आज हेटौंडा उपमहानगरपालिका ७ र ८ कमाने एचआइडि,कर्रा, पारिजात पथ मेनरोड लगायतका स्थानहरुमा व्यवासायीसँग भेटघाट गरेका थिए ।
स्मणीय कुरो के छ भने कटुवाल पनि यसै कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष छन् ।
