मामाघर बनाउन चिसापानीमा महायज्ञ

तु खबर संवाददाता
२०७४ पुष १२, बुधबार १९:२४

मकवानपुर, १२ पुस । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको भवन निर्माण सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

श्रीमद् भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजना यही पुष १७ गतेदेखि २५ गतेसम्म महायज्ञ हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ व्यवस्थापक लबराज अधिकारीले धार्मिक, शैक्षिक एवम् सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका तथा जीर्ण मन्दिरको सहयोगको लागि आर्थिक सहयोग जुटाउन महायज्ञ सञ्चालन गर्दै आएको बताए ।

महायज्ञ अभियानको १५ औं स्थानको रुपमा मामाघर नेपालको नवनिर्मित भवन निर्माण सहयोगार्थ हेटौंडा ७ चिसापानी चोकमा महायज्ञ गर्न लागिएको ठकुरीले बताए । हालसम्म मकवानपुर लगाएत देशका अन्य विभिन्न १४ स्थानमा शैक्षिक भवन निर्माण, मन्दिर निर्माण एवम् जीर्णेद्धार गर्ने उद्धेश्यले महायज्ञ सम्पन्न भएको उनले बताए । अनुमानित ६ लाखको खर्च आउने महायज्ञमा २० लाख रुपैंयाको नगद तथा जीन्सी संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ व्यवस्थापक अधिकारीले बताए ।

महायज्ञमा भएको खर्च कटाएर बाँकी रहेको सम्पूर्ण रकम मामाघर नेपालको भवन निर्माण सहयोगार्थ प्रदान गरिने उनको भनाई छ । २५ गतेसम्म हुने महायज्ञमा प्रमुख वाचक बालव्यास पण्डित मनिषशरण खनाल र उपवाचक पण्डित बिनोद सापकोटाले संगीतमय कथा वाचन गर्नेछन् । महायज्ञको उद्घाटन पुष १७ गते कार्यक्रम स्थलबाट शोभा कलश यात्रा सहित त्रिवेणीधाम परिक्रमा गरी कार्यक्रम स्थलमा आई कलश स्थापना गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*