मकवानपुरबाट निर्वाचन हारेका कमल थापाले समीक्षा गर्न आकस्मिक बैठक बोलाए , दोषको भागिदार को होला ?

तु खबर संवाददाता
२०७४ पुष १२, बुधबार २०:२२
फोटो फाईल

काठमाडौँ, १२ पुस : राप्रपाले निर्वाचनको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौँमा बोलाएको छ । गएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मकवानपुर १ बाट पार्टी केन्द्रीय अध्यक्ष कमल थापा नै पराजित भएपछि राप्रपामा निरास भएको थियो । त्यसपछि आजको बैठकले १९ गते बैठक बोलाएको छ । आजको बैठकमा कमल थापासहितको बैठक भएको थियो । देशैभरिबाट १ सय ५० जति केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकले कमल थापा हारको कारणबारे समीक्षा हुने बताइएको छ ।
बाम गठबन्धनका कृष्णप्रसाद दाहालसँग भारी मतले पराजित थापाले चुनावपछि काठमाडौ गएर विज्ञप्ती जारी गरेका थिए । मकवानपुरमा उनकै भाई गणेश थापाले पार्टी अध्यक्षको जिम्मेवारी लिएर काम गरेका थिए ।
वर्तमान सरकारमा उपप्रधानमन्त्री रहेका थापाले अन्तिम पटक जीतेरै देखाउने लक्ष्य राखेको भएपनि त्यसमा उनी सफल हुन सकेनन् । अब निर्वाचनमा पराजय भएको बारे उनको पार्टीको समीक्षा के हुँदो रहेछ त्यो भने बैठकपछि मात्र थाहा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*