समाचार
एमाले र माओवादी बन्यो नेपाल कम्युनिष्ट पार्टी
काठमाडौं । माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण भएको छ । एकीकृत पार्टीको नाम पूर्वसहमति अनुसारै नेपाल कम्युनिष्ट पार्टी राखिएको छ । एकीकृत पार्टीको अध्यक्षमा केपी ओली र पुष्पकमल दहाल छन् । पार्टी संचालनका लागि ९ सदस्यीय सचिवालय समेत बनाइएको छ । ६ बुँदे एकता घोषणापत्र जारी गर्दै...
एकता गरेकोमा ओली र प्रचण्डलाई कमल थापाको बधाई
मकवानपुर । राप्रका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले एमाले र माओवादीबीचको एकताले आपूलाई खुसी लागेको भन्दै बधाई दिएका छन् । राष्ट्रिय सभागृहमा दुबै पार्टीबीच एकता प्रकृया सुरुभएपछि गृह जिल्ला मकवानपुर भएका थापाले दुबै पार्टीलाई बधाई दिएका हुन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले एकता भएकोमा खुसी लागेको...
पारस र सोभा बने बर्षकै उत्कृष्ट क्रिकेट खेलाडी
काठमाडौँ ३ जेठ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएको राससले जनाएको छ । नेपाल खेलकूद पत्रकार मञ्च ९एनएसजेएफ०द्वारा आज यहाँ आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।...
स्थानीयवासीद्वारा गाउँपालिका अधिकृतमाथि हातपात
हुम्ला । सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् । बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज दर्जीमाथि हातपात गरे । उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उनीमाथि...
एकीकृत पार्टीको महासचिवमा पौडेल, प्रवक्तामा नारायणकाजी
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि एकीकृत पार्टीको महासचिव बिष्णु पौडेल हुने भएका छन् । पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठ प्रकाश रहने छन् । सचिवालयमा पौडेल र श्रेष्ठसहित प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, माधव नेपाल र बामदेव गौतम रहने छन् । खनाल र नेपाल...
प्रविधि अपांगतामैत्री हुनुपर्ने माग
काठमाडौँ ३ जेठ/ अपांगता भएका अधिकारकर्मीहरुले सूचना, सञ्चार र प्रविधि अपांगतामैत्री हुनुपर्ने माग गरेका छन् । सातौँ विश्व पहुँच सचेतना दिवसको अवसरमा राष्ट्रिय अपांग महासंघ नेपालद्वारा यहाँ बिहीबार आयोजित अन्तक्रियामा अधिकारकर्मीहरुले प्रत्येक सञ्चारमाध्यम अपांगतामैत्री हुनुपर्नेमा जोड दिएका छन् । महासंघका महासचिव राजु बस्नेतले अपांगतामैत्री भौतिक संरचना र अपांगतामैत्री प्रविधि...
सूचना टाँच गरी राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं, ३ जेठ। राष्ट्रियसभाको बिहीबारको बैठक सूचना टाँच गरी स्थगित भएको छ । प्रतिनिधिसभारराष्ट्रियसभा सन्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । राष्ट्रियसभाको बैठक शुक्रबार (भोलि) दिनको ११ बजे बस्नेछ । रासस
जनकपुर अयोध्या नेपाल-भारत मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द
धनुषा, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल(भारत मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । दुई देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त...
सडक तथा पुलको ठेक्का लिएर अलपत्र पार्ने कामचोर ठेकेदारहरुलाई अब प्रहरी खोरमा हालिने
काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । आजको नागरिकमा यो खबर छ । गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको हो ।










