हेटौँडा ४ बाट १२० लिटर अवैध घरेलु मदिरा बरामद

तु खबर संवाददाता
२०७५ जेष्ठ १४, सोमबार १८:०४

हेटौँडा, १४ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ बाट सोमबार बिहान १२० लिटर घरेलु मदिरा बरामद भएको छ ।

वडा प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौँडा ११ बस्ने ६० वर्षीय मीनबहादुर मगरको हेटौँडा ४ स्थित पसलबाट अबैध तयारी घरेलु मदिरा बरामद गरी सम्बन्धित कार्यालयतर्फ कारबाहीको लागि पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*