सिएमए संघ मकवानपुर शाखा अध्यक्षमा मदन लामा

तु खबर संवाददाता
२०७५ जेष्ठ १५, मंगलवार १३:१२

हेटौँडा, १५ जेठ । नेपाल सिएमए संघ जिल्ला कार्यसमिति मकवानपुरको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला कार्यसमिति अध्यक्ष अजय राईको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

कार्यसमिति अध्यक्षमा मदन लामा उपाक्ष्यक्षमा कविता रेग्मी, कोषाध्यक्षमा जैवी थापा सचिवमा अमर लामा स्याङ्तान, सहसचिव नामकार लामा र सदस्यहरुमा अमर गोले कृष्णमोहन श्रीवास्तव, सरिता पौडैल, सुरज लामा, शम्भु कुमार पण्डित, विशाल लामा र गुलावदेवी ठाकुर चयन भएका छन् ।

कार्यक्रमममा बोल्दै प्रमुख अतिथि खनालले दुर्गम गाउँबस्तीहरुमा सिएमएले पुराएको सेवाप्रति खुशी व्यक्त गर्दै अझै गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिए । त्यस्तै कार्यक्रमका अतिथि एवं मकवानपुर टेक्निकल इन्ष्टिच्युटका प्राध्यापक चन्द्र शेखर पण्डितले नयाँ कार्यसमितिलाई शुभकामना प्रदान गरे अधिवेशनले केन्द्रीय समन्वय समिति सदस्य अजय राईलाई समेत चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*