समाचार
नयाँ बानेश्वरमा नेकपाको संसदीय दलको बैठक
काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै पहिलो पटक संसदीय दलको बैठक बसेको छ । बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका साथै पार्टी एकीकृत भइसकेपनि संसदमा खेल्ने भूमिकाका विषयमा छलफल हुने छ ।
पेस्तोल र दुई राउण्ड गोलीसहित एक जना पक्राउ
पर्सा / भारत मोतीहारी कोडिहारग्राम १९ रक्सौल बस्ने २३ वर्षीय अभिरञ्जन साहलाई घरायसी पेस्तोल १ थान र पेस्तोलको गोली २ राउण्ड सहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एम ९२५४ नम्बरको मोटरसाइकललाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटमा प्रहरीले जाँच गर्ने क्रममा सिटमुनी लुकाई छिपाई राखेको...
जुवातास खेल्ने सिन्धुलीका भोजराज पक्राउ
सिन्धुली । कमलामाई नगरपालिका- ६ बस्ने मन्जु मोक्तानको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका- ५ बस्ने २५ वर्षीय भोजराज थापा समेत ६ जनालाई नगद ३८ हजार ८ सय ९० रूपैयाँ सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रहरी महानिरीक्षक खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालयको जेठ ३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह लगाइदिएका छन् । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका १६ जना...
पशुपतिनाथमा सामूहिक बादविवाद
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा शुक्रबार सामूहिक बादबिबाद प्रतियोगिता आयोजना गरिएको छ । सामाजिक सञ्जालको प्रयोगले निम्त्याएको सकारात्मक र नकारात्मक प्रभावका बारेमा सामूहिक बादबिबाद गराइएको हो । प्रत्येक समूहमा ३ जना विद्यार्थी सहभागी थिए । एस्थर बेन्जामिन स्मृति संस्थाको सहयोगमा गरिएको सामूहिक बादबिबाद प्रतियोगितामा कक्षा ९...
अब संगठन र विकास निर्माण लाग्नुस्ः नेता बानियाँ
हेटौंडा / नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले प्रत्यक्ष अनुभव गर्नेगरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार भएको अन्र्तक्रियामा ४ नम्बर...
हेर्दाहेर्दै नेकपामा विलिन भए एमाले–माओवादी
–प्रकाश सिलवाल काठमाडौँ । ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र आपसी...
मुख्यमन्त्रीले गरे सामाजिक विकास मन्त्रालयको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक
मकवानपुर । ३ नम्बर प्रदेशको सामजिक विकास मन्त्रालयले प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेको छ । बिहीबार हेटौँडामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले पाश्र्वचित्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सामाजिक विकास मन्त्रालयले नमूना लायक काम गरेको धन्यवाद दिएका छन् । विभिन्न समस्याका बावजुद मन्त्रालयले राम्रो काम गरेको...
मुख्यमन्त्री पौडेलद्वारा भण्डारीको सालिकमा माल्यार्पण
मकवानपुर । २५ औ मदन आश्रीत दिवसका अवसरमा आज बिहीबार हेटौंडा– ११ शहिद स्मारकमा रहेको मदन भण्डारीको शालिकमा ३ नम्बर प्रदेशका मुख्यमन्त्रीले माल्य अर्पण गरेका छन् । कार्यक्रममा सभामुख, साँसद देखिबाट सभामुख, सांसदहरु सबैले माल्यार्पण गरेका छन् । नेकपा एमाले मकवानपुर र मदन समेतको उपस्थिति रहेको थियो भने उनीहरुले...
मकवानपुरका दुई युवक पक्राउ, जरिवाना तिराई रिहा
मकवानपुर, ३ जेठ । केही सार्वजनिक मुद्धामा जरिवाना तोकी फरार रहेका मकवानपुरका दुई युवकलाई पक्राउ गरी आवश्यक कारवाही पश्चात छोडिएको छ । वि.सं. २०७३ असार १३ गतेको फैसलाले केहि सार्बजनिक मुद्धामा रु ३ हजार जरिवाना तोकि फरार रहेका साविक चित्लाङ गाविस वडा नम्बर १ बस्ने २६ वर्षीय सुनिल लामा...










