पदमपोखरीकी दुर्गालाई आफ्नैबाट ज्यान मार्ने धम्की, के हो वास्तविकता ?

तु खबर संवाददाता
२०७५ जेष्ठ १६, बुधबार १७:४८

हेटौँडा, १६ जेठ । हामीले त्यस्ता कयौँ पारिवारिक ड्रामाहरु हेरेका छौँ जहाँ आफ्नै आफन्त नै दुश्मन बनेर निस्कन्छन् । ती ड्रामाहरु हेर्दा यस्तो पनि वास्तविकतामा होला र ? भन्ने प्रश्न उब्जन्छ । तर वास्तविक जीवनमा समेत यस्तै समस्याको चंगुलमा परेकी छिन् मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीकी दुर्गाकुमारी मोक्तान । कुवेतबाट ज्यान ज्यान जोगाएर नेपाल फर्केकी उनलाई आफ्नै आफन्तले ज्यान मार्ने धम्की दिएको उनले दुःखेसो पोखेकी छिन् ।

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि मोक्तानलले आफुलाई आफन्तबाटै खतरा रहेको सुनाएकी हुन् । आफन्तबाट ज्यान मार्ने धम्की आएको कारण आफ्नै घर जान समेत समस्या रहेको उनले बताईन् । पाँच दिन अघिमात्र नेपाली साझा मञ्चले उनलाई कुवेतबाट उद्वार गरि नेपाल ल्याएका हुन् । दुई पटक गरेर ६ वर्ष कुवेतमा घरेलु कामदारको रुपमा काम गरेकी उनलाई त्यहाँ स्थित घरको साहुले शारिरिक तथा मानसिक याताना दिएपछि ज्यान जोगाएर उनी भागेकी हुन् ।

यस अघि नै ३ वर्ष अगाडि आफ्नो नाममा भएको जमिन विश्वास गरेको दाईलेनै बेचेको उनले बताईन् । त्यो थाहा पाएर र आफुले यसबारे प्रहरीको सहयोग लिन खोज्दा ज्यान मार्ने धम्की दिने, बाटोमा कुरेर आक्रमण गर्नेजस्तो गतिविधि गरेपछि पुन उनी कुबेत पुगेकी हुन् । तर आफन्तबाट नै ठगिएकी उनलाई त्यहाँ पनि ज्यानको असुरक्षा भयो जसका कारण उनी भाग्नुपर्ने अवस्था आयो ।

‘मेरा दुई छोरा, एक छोरी र एक जना बुढी आमा हुनुहुन्छ , उनले भनिन् ‘ मैले पहिलो पटक विदेश जाँदा ऋण लिएको थिएँ, गाउँकै सेतीलामालई मैले दृष्टि बन्धक गरेर दिएँको थिएँ तर त्यसको एक वर्ष मात्र समय रहेकोले मैले जग्गा मेरो दाई बुद्धिमान मोक्तानको नाममा दिएँको थिएँ ।’ ‘मैले विदेश जाँदाको ऋण तिरसकेको थिएँ तर दाईले मलाई धोका दिएर जग्गा अरुकै नाउँमा बेचिसक्नु भएको रहेछ ।’ उनले दुःखी हुँदै सुनाईन् । त्यसपछि जग्गा माग्दा मार्ने, कुटने धम्की दिने गरेको कारण आफ्नो ज्यानको समेत सुरक्षा नभएको उनले बताईन् ।

विदेशमा ज्यानको बाजी लाएर काम गरे पनि साहुबाटै यातना भोग्नुपरेपछि बल्लतल्ल बाँचेर आएकी उनलाई आफन्तले मार्ने धम्की दिएपछि पत्रकार सम्मेलन गरि घटना सार्वजनिक गर्न बाध्य भएको उनले सुनाईन् । पत्रकार सम्मेलनमा बोल्दै मञ्चकी कार्यवाहक अध्यक्ष सारदा भुषालले अन्यायमा परेकी चेलीलाई न्याय दिनको लागि आफुहरु लागेको बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*