सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्षमा चौलागाईँ
हेटौँडा, १६ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) जिल्ला समन्वय समिति,मकवानपुरको अध्यक्षमा साधुराम चौलागाई निर्विरोध निर्वाचित भएका छन् । फेकोफन मकवानपुरको आज सम्पन्न भएको प्रथम अधिवेशनले चौलागाईको नेतृत्वमा २४ सदस्यीय समिति गठन गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम फेकोफन जिल्ला अध्यक्ष पञ्चमाया स्याङतानको अध्यक्षतामा कार्यक्रम भएको थियो । फेकोफन मकवानपुरमा २ सय ४० वटा सामुदायिक वन समूहहरु आवद्ध रहेका छन् ।
