समाचार
गाईघाटमा ट्रक र कार एक–आपसमा ठोक्कीयो, चार जना घाइते
चितवन ५ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा आज ट्रक र कार एक–आपसमा ठक्कर खाँदा चारजना गम्भीर घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ च ४७६ नं को कार विपरीत दिसाबाट आउँदै गरेको ना ४ ख २२०२ नं को ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा उनीहरु घाइते...
कञ्चनपुरको शुक्लाफाँटामा अजिङ्गर फेला पर्यो
कञ्चनपुर ५ जेठ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । चितौरा खोला नजिकको बाँसघारीमा फेला परेको अजिङ्गर पाँच फिटभन्दा बढी लम्बाइको रहेको छ । वयस्क अजिङ्गर देखा परेपछि स्थानीय बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीमा खबर गरेपछि निकुञ्जका कर्मचारीले सो अजिङ्गरको...
पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई
उदयपुर ५ जेठ । मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको गोल नै उपाधिको निर्णायक गोल बन्यो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।...
ट्रेड युनियन प्रदेश नम्वर २ का नवनिर्वाचित पदाधिकारीलाई आज प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराईयो
पर्सा ५ जेठ । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं. २ का नवनिर्वाचित पदाधिकारीलाई आज वीरगन्जमा प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराइएको छ । हालै सम्पन्न भएको प्रदेश अधिवेशनबाट लक्ष्मणप्रसाद कुर्मीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका ३३ जना पदाधिकारी तथा सदस्यलाई नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रमाणपत्र वितरण गरेका थिए...
गजल मञ्चको गजल बाचन
हेटौंडा/ गजल मञ्चले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको गजल यात्राको एक सय ४४ औं शृङ्खला सम्पन्न भएको छ । साहित्य संगम मकवानपुरको हलमा भएको कार्यक्रममा मकवानपुरका करिब डेढ दर्जन गजलकारले गजल गायन तथा बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका...
बाम एकता २ वर्ष पनि नटिक्ने नेता भण्डारीको दावी
हेटौंडा, ५ जेठ/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले हिजो भएको कम्युनिष्टहरुको बाम एकता २ वर्षपनि नटिक्ने बताएका छन् । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा ईकाई आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै प्रमुख अतिथि भण्डारीले नेपालका कम्युनिष्टहरुको विगतमा पटकपटक...
प्रहरीद्वारा घरेलु मदिरा नष्ट
मकवानपुर । भिमफेदी गाँउपालिका वडा न.१ भैँसेबाट प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैँसेको प्रहरी सहायक निरीक्षक हित बहादुर कटुवाल को कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले भैँसे स्थित सानटारको ४ वटा भट्टिबाट मदिरा बरामत गरेको प्रहरीले जनाएको छ ।...
लेखा समितिलाई अभिमुखीकरण
मकवानपुर । प्रदेश नम्बर ३ को सार्वजनिक लेखा समितिलाई अभिमुखीकरण गरिएको छ । प्रदेशसभा सचिवालयको आयोजनामा सार्वजनिक लेखा समितिको काम र अधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेको सो अभिमुखीकरणमा लेखा समितिका सदस्यहरु सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन गर्दै सभामुख श्रेष्ठले जनप्रतिनिधि पारदर्शी...
सगरमाथाको चुचुरोमा २७७ आरोही
काठमाडौँ ५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिनसम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएयता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेले जानकारी दिए ।...
बबई नहरको सरसफाईका लागि उर्लिए कृषक
बर्दिया ५ जेठ । बर्दियाको बबई सिँचाइ आयोजनाको नहर झण्डै दुई हजार कृषकहरुले जनश्रमदान गरेर सरसफाई गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बबई नदीको बबई सिँचाइ आयोजनामा पर्ने झण्डै एक किलोमिटर नहरको दाँया र बाँया थुप्रिएको माटो तथा वालुवा सरसफाइ गर्न आज करीब दुई हजार कृषकहरु जुटेका हुन् । बर्दियाको...










