समाचार
जुनसुकै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीले दिए कडा निर्देशन
काठमाडौँ ६ जेठ । गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक हरुलाई निर्देशन दिएका छन् । गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआइजीहरुलाई आज मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले अब...
वडा अध्यक्षनै प्रहरी नियन्त्रणमा
रुकुम ६ जेठ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका एक वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गर्ने वडा नं ८ का वडाध्यक्ष मानबहादुर चनारालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दले आफूलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधसम्बन्धीको...
अख्तियारद्वारा यातायातका ४ जना कर्मचारी नियन्त्रणमा
काठमाडौँ ६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई...
महाकुलुङ गाउँपालिकामा लेक लागेर दुई जनाको मृत्यु
सल्लेरी ६ जेठ । महाकुलुङ गाउँपालिका–१ मा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका– १० टाप्टिङका २९ वर्षीया पेमारिञ्ज शेर्पाको लेक लागेर आज मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरमार्फत उद्धार गरी तेन्जीङ हिलारी विमानस्थल लुक्ला...
सन्दीप लामिछानेको बलिङमा दिल्लीको जीत
मकवानपुर । दिल्लीसँग पराजित भएपछि मुम्बई जारी आइपीएलबाट बाहिरिएको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले मुम्बइलाई ११ रनले पराजित गरेको हो । आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको हो । पहिले व्याटिङ गरेको दिल्लीले तोकिएको २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो...
१८ जिल्लाका जनप्रतिनिधिले सम्पत्ति विवरण नै बुझाएनन्
काठमाडौँ ६ जेठ । १८ जिल्लाका जनप्रतिनिधिले हालसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक ताकेता गर्दा पनि १८ जिल्लाका स्थानीय जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएका केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिएका छन् । कानून अनुसार निर्वाचित भएको ६० वा आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र सबै...
क्षमताभन्दा धेरै यात्रु चढाउने माइक्रोबस र टेम्पो कारबाही पर्ने
काठमाडौँ, ६ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ । गृह मन्त्रालयले बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै महाशाखाले माइक्रोबस र टेम्पोलाई कारबाही गरेको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द...
वरियता मिचिएकोमा एमाले नेता खनाल आक्रोशित
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका सन्दर्भमा मिचिएको बरियताक्रम प्रति निकै असन्तुष्टी जनाएका छन् । अनलाइन खबरमा उनले अन्तर्वार्ता दिँदै ओली र माधब नेपालले तोकेको बरियताक्रम आफूलाई स्वीकार नहुने स्पष्ट पारेका छन् । ओली र नेपालले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप समेत खनालले लगाएका छन्...
मनहरी गाउँपालिकाद्वारा ७ वटा बिधेयक पारित
मकवानपुर ६ जेठ । मनहरी गाउँपालिकाको दोस्रो गाउँसभा भएको छ । सभामा बिषयगत समितिका संयोजकहरुले पेस गरेका ७ वटा बिधेयक पारित गरिएको छ । गाउँपालिका केन्द्र रजैयामा सम्पन्न भएको गाउँ सभामा न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधीका सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन, विपद् जोखिम न्यूनिकरण तथा...
मातृभूमिले निमेष निखिल सहित ३ जना साहित्यकारलाई सम्मान गर्ने
मकवानपुर, ६ जेठ । बिगत १५ वर्षदेखि हेटौँडाबाट प्रकाशित हुँदै आएको ‘हाम्रो मातृभूमि साहित्यिक राष्ट्रिय त्रैमासिक पत्रिकाले ५० औं अङ्क प्रकाशित गर्न सफल भएको अवसर पारेर मकवानपुरका साहित्यकार निमेष निखिलसहित ३ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । ५० औं अङक सफल भएको महत्वपूर्ण अवसरमा ५० औं अङ्क (स्वर्ण)...








