समाचार
जनप्रतिनिधिसँग मिलेर जेठाजुले कुटे बुहारी, लगाईयो बोक्सीको आरोप
रौतहट, ९ जेठ । रौतहटमा एक महिलालाई बोक्सीको आरोपमा उनकै जेठाजु र जनप्रतिनिधिसहितको टोलीले कुटपिट गरेका छन् । गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेको आजको नागरिक दैनिकमा समाचार...
गाई काटेको आरोपमा ३ जना पक्राउ
स्याङ्जा, ९ जेठ । स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ । वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो । स्थानीयले...
नेपाल सरकारले माग्यो फेसबुकसँग १ सय १० वटा एकाउन्टको विवरण
काठमाडौँ, ९ जेठ । नेपाल सरकारका विभिन्न निकायले समेत फेसबुकसँग विभिन्न एकाउन्टको बारेमा विवरण माग गरेको छ । नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्ट सम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । फेसबुकले यसै साता सार्वजनिक गरेको...
यी ७ नेता पनि नेकपाको केन्द्रीय कमिटिमा
खोटाङ, ९ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत हुनुभएको छ । माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई...
सांसदलाई पढाउँँदै काँग्रेस
काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा विज्ञमार्फत आफ्ना सांसदलाई पढाउने काम गरेको छ । कांग्रेसले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आफ्ना सांसदलाई एकैठाउँ राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पढाएको बारेमा आजको ‘राजधानी दैनिक’को पहिलो पृष्ठमा समाचार छापिएको छ । अर्थविद् डा....
मकवानपुर आएर मन्त्री लालबाबु पण्डितले भने “म रहुन्जेल कर्मचारीतन्त्र हावि हुन दिन्न”
मकवानपुर ८ जेठ । ३ नम्वर प्रदेश समन्वय परिषद बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय कार्यान्वयनका लागि तीनै तहको समन्वय आवश्यक हुने बताएका छन् । आज हेटौंडामा भएको उक्त बैठकमा उनले ३ तहको समन्वयनै अन्तीम विकल्प रहेको समेत दाबी गरे । तीनैवटा तहको आ–आफ्नो अधिकार त...
अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस समितिका विध्यार्थीहरुको ध्यानाकषर्णपत्र मकवानपुरको सिडियो समक्ष, के छ ध्यानाकर्षणपत्रमा ?
मकवानपुर ८ जेठ । अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पसका विध्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई मकवानपुरमा रहेको सवारी समस्याको विषयमा ध्यानाकर्षणपत्र बुझाएका छन् । सवारी साधन अनियमित र अव्यवस्थीत भएको साथै सवारी भाडा पनि निकैनै उच्च रहेको कारण जिल्लाका सम्पुर्ण विध्यार्थीहरुलाई क्याम्पससम्म आवत जावत गर्न...
पत्रकार उपचार कोषमा शिवमको ३ लाख सहयोग, हेटौँडा अस्पताललाई डाईलासिस मेसिन
मकवानपुर, ८ जेठ । नेपाल पत्रकार महासंघ मकवानपुरले सुरु गरेको पत्रकार उपचार कोषमा मकवानपुरको हटियामा सञ्चालनमा रहेको शिवम सिमेन्ट्सले ३ लाख ५१ रुपैयाँ सहयोग गरेको छ । आज पत्रकार महासंघ मकवानपुरको हलमा आयोजित कार्यक्रममा शिवमका कार्यकारी निर्देशक रघुनन्दन मारु र हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पत्रकार महासंघ मकवानपुरका...
नेकपाको केन्द्रीय कमिटिमा कुमारी मोक्तानसहित ५ जना मकवानपुरे
मकवानपुर, ८ जेठ । नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीयय कमिटिमा मकवानपुरका ५ जना नेताहरु अटाएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकिकरण भएपश्चात स्थापना भएको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने क्रममा मकवानपुरका तर्फबाट तत्कालिन...
सुनकाण्डका २८ जना जेल चलान, २ जना रिहा
काठमाडौँ, ८ जेठ । साढे ३३ किलो सुनकाण्डमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिवेश लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । मोरङ जिल्ला अदालतले मंगलबार ८ जना प्रहरीसहितको उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले उनीहरु पुर्पक्षका लागि...










