समाचार
मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गरिने
पोखरा, १० जेठ । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मोदी गाउँपालिका वडा नं २ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको...
कारुणिक गीत ‘बोल माया’ को भिडियो एक नम्बर ट्रेण्डिङमा
–चन्द्र घलान हेटौँडा, १० जेठ । गायक तथा मोडल प्रकाश सपूतको मार्मिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । र यो क्रम बढ्दो छ ।...
सन्दीप लामिछानेले पाए कार उपहार
काठमाडौँ ९ जेठ । इन्डियन प्रिमियर लिगआइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद...
जिल्ला समन्वय समितिको कार्यालयमा अख्तियारको छापा
नुवाकोट ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति को कार्यालय नुवाकोटमा आज छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ । यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हँुदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले छापा...
बडीमालिका नगरपालिकामा संचालन भईरहेको समता स्कुल खारेज हुने
बाजुुरा ९ जेठ । बडीमालिका नगरपालिका–८ मा संचालन हुँदै आएको समता स्कुल खारेज हुने भएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय र बडीमालिका नगरपालिकाको कुनै समन्वय र अनुमति नलिएर सञ्चालन गरेको पाइएपछि खारेज गर्न लागिएको बडीमालिका नगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिकोे केही दिनअघि बसेको बैठकले बडीमालिका नगर...
सेती नदीले बगाएर ७३ वर्षीय वृद्धको मृत्यु, एक जना बेपत्ता
तनहुँ ९ जेठ । सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा...
काँग्रेस सुनसरीको क्षेत्रीय समिति विघटन
इटहरी ९ जेठ । नेपाली काँग्रेस क्षेत्र नं १ सुनसरीको क्षेत्रीय समिति आज विघटन गरिएको छ । क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनलाई नयाँ ढंगले सञ्चालन गर्न उक्त निर्णय गरिएको हो । पार्टीका सक्रिय नेता तथा कार्यकर्तालाई अवसर प्रदान गर्न पुनर्गठन गर्ने गरी क्षेत्रीय समितिलाई विघटन...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दियो न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई पूर्णता
काठमाडौँ ९ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई पूर्णता दिएको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटास्तरको गत वैशाख २८ को निर्णयअनुसार नेपाल पत्रकार महासंघको सिफारिशमा रिक्त तीन सदस्यको नियुक्तिसँगै समितिले पूर्णता पाएको हो । महासंघको सिफारिशमा श्रमजीवी पत्रकार ऐन, २०५१ को...
बुटवल प्रहरीद्धारा लागुऔषधसहित एक युवक पक्राउ
बुटवल, ९ जेठ । इलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिणाममा लागुऔषधसहित एक युवकलाई आज पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोकस्थित राजमार्गमा जाँचका क्रममा बाग्लुङ बलेवा गाउँपालिका–२ का विजय कुँवरलाई नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाइजेपाम ३५० एम्पुल्ससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२० करोडको अक्सिजन उद्योग सञ्चालन गरिने
नुवाकोट, ९ जेठ । जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ । पिपलटारमा स्थापना हुन लागेको सिद्धिगणेश अक्सिजन उद्योग प्रालिले वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाइ गरी उद्योग स्थापनाको विषयमा स्थानीयवासीसँग छलफल गरेको छ...










