मनहरी मोटरसाईकल दुर्घटना : घाईते भएका युवकको मृत्यू

तु खबर संवाददाता
२०७५ जेष्ठ २०, आईतवार १८:३१

मकवानपुर, २० जेठ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरीमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडातर्फ आईरहको ना ३ च ७०५७ नम्बरको कुखुरा बोक्ने पिकअप भ्यानले ना ३९ प १५७२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक राक्सिराङ गाउँपालिका ६ का ३४ वर्षीय राजकुमार तामाङको मृत्यू भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका तामाङलाई उपचारका लागि भरतपुर लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*