दामन सिमभञ्ज्याङबाट हेटौँडाका एक सहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ २०, आईतवार १८:२१

मकवानपुर, २० जेठ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ स्थित त्रिभुवन राजपथबाट गाँजा र चरेशसहित २ जनालाई आईतबार पक्राउ गरिएको छ । प्रहरीले पर्साको बिरगञ्ज महानगरपालिका वडा नम्बर १२ बस्ने ३५ वर्षीय मनोजकुमार साह र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय लक्ष्मण स्याङ्तानलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी सिमभन्ज्याङबाट खटेको प्रहरी टोलीले पालुङबाट हेटौँडातर्फ आउँदै गरेको सवारी साधनलाई रोकी जाँच गर्ने क्रममा दुई छ्ट्टा–छुट्टै सुमो र बसबाट उनीहरुलाई पक्राउ गरेको हो । ना १ ज ५३६१ नम्बरको को सुमो र ना ५ ख १०५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा सुमोमा सवार साहले खुट्टा र जुत्तामा लुकाई छिपाई ल्याएको लागु औषध चरेश २ के.जी.७०० ग्राम र गाँजा ५० ग्राम फेला परेको थियो । त्यस्तै बसमा सवार स्याङतान बसेको सिटमुनी जाँच उनले प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको लागु औषध चरेश १४ के.जी. ४०० ग्राम समेत फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको साथबाट कुल चरेश १७ के.जी. १०० ग्राम र गाँजा ५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*