समाचार

राजविराज विमानस्थलको उडान परीक्षण गरीयो

राजविराज ९ जेठ । विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ । बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले आज सफल परीक्षण उडान गरेको हो । आधा घण्टा विमानस्थलमा बसेको जहाजले...

चितवनमा पनि धमाधम घरेलु मदिरा नष्ट

चितवन, ९ जेठ । प्रहरीले जिल्लामा अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण अभियान सञ्चालन गरेको छ । घर/घरमा पुगेर अवैध रुपमा सञ्चालन गरेका भट्टीका सामग्री र उत्पादनसहित सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने प्रक्रिया शुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरकाअनुसार वडा...

रौतहटको ८० प्रतिशत भूभाग डुबानको खतरामा

रौतहट, ९ जेठ । गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो...

उपभोक्ताको हितमा कानून बनाउन मुख्यमन्त्री पौडेललाई दवाब

हेटौँडा, ९ जेठ । खाद्यान्न तथा विभिन्न उपभोग्य वस्तुहरुमा उपभोक्ताहरु ठगिँदै गएको अवस्थामा उपभोक्ताको हितमा कानुन बनाउनुपर्ने भन्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई दवाब स्वरुप ध्यानाकर्षणपत्र बुझाइएको छ । उपभोक्ता हित अधिकार मञ्च मकवानपुरले मुख्यमन्त्री पौडेललाई बुधबार ध्यानाकर्षण पत्र बुझाइएको हो । मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडासहितको...

हेटौँडाको नवलपुरमा कृषि हाट बजार सुरु

हेटौँडा, ९ जेठ । कृषि क्षेत्रलाई प्रबर्दन गरि जनताको जीवनस्तर उकास्न राज्य नै नीति बनाइ लागि परिरहेको बेलामा हेटौँडा उपमहानगरपालिकाकाको वडा नम्बर ११ नवलपुरमा कृषि हाट बजारको उद्घाटन गरिएको छ । बजारको आज हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बजारमा कृषकले लिएर आएको तरकारी किन्दै उद्घाटन गरेका हुन् । वडा...

२ सय लिटर रक्सी र ६ सय लिटर जाँड बरामद

मकवानपुर, ९ जेठ । मकवानपुरका विभिन्न स्थानबाट जेठ ८ र ९ गते गरि करिब २ सय लिटर लोकल मदिरा र ६ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ जाँडसहित रक्सी बनाउन आवश्यक भाँडाहरु समेत नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतबाट खटेको प्रहरी टोलीले विभिन्न स्थानबाट मदिरा बरामद...

हेटौँडाबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ

हेटौँडा, ९ जेठ । मकवानपुरको हेटौँडाबाट अवैध लागुऔषध गाँजा सहित बुधबार बिहान २ जना पक्राउ परेका छन् । प्रहरीले कुल ११ केजी गाँजा सहित चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बस्ने २५ वर्षीय प्रेमलाल तामाङ र बाराको निजगढ नगरपालिका वडा नम्बर ११ बस्ने ६५ वर्षीय रत्नबहादुर मोक्तानलाई पक्राउ गरेको...

झुक्क्याएर नेपाली नागरिकता लिएको भन्दै भारतीय नागरिकलाई कारवाहीको माग

विराटनगर, ९ जेठ । किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ...

चोरीको मोटरसाईकल सहित एक पक्राउ

मेलम्ची, ९ जेठ । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित मंगलबार एकजनालाई पक्राउ गरेको छ । नियमित चेकजाँचको क्रममा बा ७३ प ८९५४ नम्बरको २२० सिसीको कालो–निलो पल्सर मोटरसाइकलसहित मेलम्ची–३, हैबुङका २५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको सिन्धुपाल्चोक जिल्लाका ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । जाँचगर्ने क्रममा नक्कली नम्बर...

१५ दिनदेखि बिनोद गायब

सप्तरी, ९ जेठ । सप्तरीको राजविराज नगरपालिका–१ बाट एक व्यक्ति विगत १५ दिनदेखि बेपत्ता भएका छन् । कुनै कामले घरबाट निस्केका स्थानीय ५२ वर्षीय विनोद झा १५ दिनदेखि बेपत्ता रहेको उनका छोरा गुञ्जन झाले बताउनुभयो । मानसिक सन्तुलन केही असामान्य भएका आफ्नो बुबालाई खोजी गरिदिनका लागि स्थानीय प्रशासन र...