समाचार

यसरी पक्राउ परे सुनकाण्डका मुख्य अभियुक्त ‘गोरे’

काठमाडौँ, ८ जेठ । साढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई सार्वजनिक गर्दै गोप्य सूचनाका आधारमा गोरेलाई काठमाडौं महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार...

२ कलाकार र २ पत्रकारलाई सम्मान

–चन्द्र घलान हेटौँडा, ७ जेठ । लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारसहित कलाकै क्षेत्रमा कलम चलाएका दुई पत्रकारलाई आज मकवानपुरको हेटौँडामा सम्मान गरिएको छ । चलचित्र पत्रकारिता दिवसका अवसरमा आज साँझ चलचित्र पत्रकार संघ जिल्ला शाखा मकवानपुरको आयोजनामा हेटौँडा रिसोर्टमा भएको कार्यक्रममा मकवानपुरे नायिका निता ढुङ्गाना...

नेपाली चलचित्रले शान्ति र समृद्धिलाई झल्काउन सक्नुपर्छ : बाँनिया

मकवानपुर ७ जेठ । नेपाली काँग्रेस ३ नम्वर प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाले नेपाली चलचित्रले समाजको वास्तविकतालाई झल्काउन सक्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा आज हेटौंडामा भएको चलचित्र पत्रकारिता सम्मान र कलाकारिता सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बाँनियाले अब बन्ने नयाँ चलचित्रले...

विप्लव नेतृत्वका २ जिल्ला सदस्य पक्राउ गर्न मकवानपुर प्रहरीले गर्यो हवाई फाएर

मकवानपुर ७ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना जिल्ला सदस्यलाई पक्राउ गरेको छ । हिजो साझँ विषेश सुचनाको आधारमा २ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा बिप्लव माओवादीका जिल्ला सदस्य बागमती...

हेटौँडाबाट पेस्तोल र सुतली बम सहित ३ युवक पक्राउ

मकवानपुर, ७ जेठ । हेटौँडा उपमहानगरपालिका–३ बस्ने ३६ बर्षीय जोकर मोक्तानसहित ३ जनालाई कटुवा पेस्तोल ३ थान र सुतली बम लगायतका विस्फोटक सामाग्रीसहित आईतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मोक्तानको साथबाट १ थान सुतली बम, नलकटुवा पेस्तोलमा लाग्ने गोली ११ राउण्ड र थ्रिनटथ्रि राईफलको गोली १ राउण्ड,...

हेटौँडामा निता ढुङ्गाना र शुसान्त श्रेष्ठसहित दुई पत्रकारलाई सम्मान गरिने

हेटौँडा, ७ जेठ । लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारलाई आज सम्मान गरिने भएको छ । चलचित्र पत्रकारिता दिवसका अवसरमा आज साँझ हेटौँडा रिसोर्टमा हुने कार्यक्रममा नायिका निता ढुङ्गाना र कलाकार सुशान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान गरिने भएको हो । नायिका ढुङ्गानाले पछिल्लो पटक चर्चित नेपाली...

पूर्व मन्त्री र सांसद बानियाँको व्यङ्ग्य–‘नाकाबन्दीमा १२ हात उफ्रने प्रधानमन्त्री ओलीको राष्ट्रवाद मोदीको यात्रामा समाप्त भो’

मकवानपुर, ७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणमा समाप्त भएको बताउँदै तिखो व्यङ्ग्य गरेका छन् । सोमबार नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य...

हेटौँडामा करिब १८ लाख लागतमा नागस्वती पार्कको निर्माण हुँदै

हेटौँडा, ७ जेठ । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा सोमवार नागस्वती पार्कको शिल्यान्यास गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको रु १५ लाख बजेट र हेटौँडा ७ नागस्वतीका उपभोक्ताको रु २ लाख ८५ हजार २ सय ८५ रुपैयाँ सहित करीब १७ लाख ८० हजार २ सय पचासी रुपैयाँको लागतमा...

ओलीको चीन भ्रमण असार पहिलो साता

काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली असार पहिलो हप्ता चिन भ्रमणमा जाने गरी आवश्यक तयारी सुरु गरिएको छ । संघाइको को अपरेशन अर्गनाइजेशनको सम्मेलनपछि प्रधानमन्त्रीलाई स्वागत गर्ने सन्देश दिनले नेपाल सरकारलाई दिएको छ । यसअघि २०७२ चैत पहिलो साता पनि ओलीले चिनको भ्रमण गरेका थिए ।

सन्तान गुमाउनुको पिडालाई भुल्दै स्वर्गीय छोरीको स्मृतिमा उत्कृष्ट विद्यार्थी पुरस्कार कोष स्थापना

–चन्द्र घलान मकवानपुर, ७ जेठ । हरेक आमाबुवाका लागि आफ्नो सन्तान गुमाउनुको पिडा असह्य र अकल्पनीय हुन्छ । करिब दश महिना कोखमा अनि काखमा राखी हुर्काइएको सन्तानले आफ्नै आँखा अगाडि प्राण त्याग्दाको त्यो हृदय विदारक क्षणलाई कुनै पनि आमाबुवाले जीवनभर भुल्न सक्दैनन् । कति आमाबुवा सन्तानलाई गुमाउनुको पिडामा नै...