यसरी पक्राउ परे सुनकाण्डका मुख्य अभियुक्त ‘गोरे’

तु खबर संवाददाता
२०७५ जेष्ठ ८, मंगलवार १६:०३

काठमाडौँ, ८ जेठ । साढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई सार्वजनिक गर्दै गोप्य सूचनाका आधारमा गोरेलाई काठमाडौं महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान करिब ५ बजेर ३४ मिनेटमा नियन्त्रणमा लिएको जनाएको छ ।

समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलले अनुसन्धान अत्यन्तै जटिल र गम्भीर प्रकृतिको भएकाले विषयलाई गम्भीरतापूर्वक लिन पनि आग्रह गरेका छन् । उनले गोरेलाई जतिसक्दो छिटो विराटनगर चलान गर्ने जानकारी समेत पत्रकार सम्मेलनमा गराएका छन् । यसअघि प्रतिवादी बनाइएका यसै मुद्धाका ६५ मध्ये ३३ फरार र ३२ जनालाई अदालत समक्ष पठाइसकिएको छ ।

मन्त्रिपरिषद्को चैत २० गते बसेको बैठकले गृहमन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा संगठित अपराध निवारण ऐन २०१२ बमोजिम गठन गरिएको विशेष अनुसन्धान टोलीले ३३ किलो सुन काण्डमा संलग्न भएका ६५ जना विरुद्ध २०७५ जेठ १९ गते मोरङ जिल्ला अदालतमा विभिन्न आपराधिक समुहको स्थापना लागायत संगठित अपराध ऐन अन्र्तगत आकर्षित हुने अभियोजन सहितको मुद्धा दर्ता समेत गरिसकेको छ । टोलीले अनुसन्धानको दायरामा राखेकाका बारेमा पनि प्रारम्भिक सोधपुछका क्रममा गोरेबाट थप तथ्य र सूचना प्राप्त भएको जानकारी दिएपनि समितिले ती सूचना भने सार्वजनिक गरेको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*