समाचार

कमानेबाट ३६ लिटर जाँड बरामद, ५ वटा भाँडा नियन्त्रण

मकवानपुर, ६ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेबाट घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ (जाँड) तथा मदिरा बनाउने भाँडाहरु नियन्त्रणमा लिइएको छ । जेठ ६ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौँडा–८ कमाने चौवन्न धुरीको बिभिन्न स्थानबाट घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ३६...

हेटौँडामा कुखुराको चल्लासहित म्याजिक भ्यान नियन्त्रण

मकवानपुर, ६ जेठ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आईतबार बिहान हेटौँडाबाट अवैध कुखुराको चल्लासहित म्याजिक भ्यानलाई नियन्त्रणमा लिएको छ । बिहान करिब साढे ५ बजेको समयमा बिरगञ्जबाट हेटौँडातर्फ आइरहको ग ४ च ३७९९ नम्बरको पिकअप भ्यानलाई हेटौँडा ९ स्थित सडक खण्डमा सवारी साधन...

विपुल क्षेत्री एण्ड ट्याभलिङ ब्याण्ड हेटौडामा

हेटौंडा ६ जेठ । फेम नेपाल प्रा.लि.को आयोजनामा हेटौडामा यहि जेष्ठ २६ गते टुवोर्ग फिचरिङ विपुल क्षेत्री एण्ड ट्याभलिङ ब्याण्ड तथा स्थानिय कलाकारहरुको प्रस्तुति सहितको साँस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौडाको टि.सि.एन चौरमा आयोजना गरिने कार्यक्रममा उपस्थितिका लागि टिकटको व्यवस्था गरिएको र विभिन्न स्थानमा टिकट लिन सकिने गरी...

खाद्य ऐन अनुसार मकवानपुरमा २७ वटा मुद्दा दायर

हेटौंडा ६ जेठ । हामी सबैको सरोकार खाद्य श्रृंखलामा स्वच्छता र गणस्तर भन्ने मुल नाराका साथ क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले जेठ महिना भरी देश व्यापि रुपमा खाद्य स्वच्छता सम्बन्धि प्रचार प्रसार लगायतका माध्यमबाट विभिन्न कार्यक्रम गरी दिवस मनाउने जानकारी दिईएको छ । महिना भरि मनाईने...

मन्त्री केशब स्थापितका गफ : लोखर्के गन्ने, सडक फराकिलो पार्नेदेखि प्रदेश ३ लाई धुलोमुक्त बनाउनेसम्म

मकवानपुर । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले यति धेरै गफ दिए कि अब उनले भनेका कुरा पत्याउनै मुस्किल हुन थालेको छ । मन्त्रीपरिषद्को विस्तारका बेला दुई जनामात्र मन्त्रीले सपथ खाएका बेला एक जना यिनै स्थापित थिए, जसले सपथ ग्रहणपछि सय दिनभित्र हेटौंडा मकवानपुरका सबै सडक...

मुख्यन्यायाधीवक्ता न्यौपानेले अझै छोडेनन् रेडक्रसको अध्यक्ष

मकवानपुर । प्रदेश नम्बर ३ का मूख्यन्यायाधीवक्ता सूर्यचन्द्र न्यौपाने अहिले पनि रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष छन् । लामो समयदेखि रेडक्रसमार्फत् सामाजिक कामा संलग्न उनी मूख्यमन्त्री डोरमणि पौडेलले सरकारको कानूनी सल्लाहकारमा नियुक्त गरेको लामो समय भइसकेको छ । उनले मूख्यन्यायाधीवक्ताको रुपमा कार्यभार समेत सम्हालिरहेका छन् । तर, अन्तर्राष्ट्रिय समाजिक सस्था...

पहिरो पन्छाएर सवारीसाधन सन्चालन

काठमाडौं, ६ जेठ । आज बिहानको पहिरोले रोकिएको नारायणगढ मुग्लिङ सडक सन्चालनमा आएको छ । बिहान साढे ५ बजे इच्छा मनकामना गाउँपालिका वडा नं. ६ कालीखोलामा पहिरो खसेपछि सडकमा सवारी अवरुद्ध भएको थियो । पहिलो हटाएर सवारी संचालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । सवारीसाधनहरु लेन मिचेर रोकिएका कारण...

प्रदेश ३ लाई धुलोमुक्त बनाइन्छः स्थापित

काठमाडौँ / प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नम्बर प्रदेशको सडकलाई धुलोमुक्त बनाउने बताएका छन् । प्रदेश मन्त्रालयद्वारा शनिबार ‘‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडौँमा आयोजित भेलामा उनले ३ नम्बर प्रदेशलाई धुलोमुक्त बनाउने बताएका हुन् । उनले चाँडै नै अमेरिकी...

धानको भुस चोरेको आरोपमा वडाध्यक्षले दिए थुक चाट्ने सजाय

महोत्तरी / पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् । स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएका हुन् । आफूमाथि वडाध्यक्षले कुटपिटसमेत गरेको पीडित साहले बताइन् । गत...

सर्वोच्चद्वारा अवैध क्रसर उद्योग बन्द गर्न आदेश

सर्वोच्च अदालतले नुवाकोट जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग र फिरेफिरे उद्योग बन्द गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले तादी र त्रिशूली नदीमा अवैध रूपमा ढुंगा, गिटी, बालुवा संकलनमा रोक लगाउन आदेश जारी गरेको हो । नुवाकोट बेलकोटगढी नगरपालिका ८ का...