सिआन पुनर्स्थापना केन्द्र तेस्रो वर्षमा प्रवेश
मकवानपुर, १७ बैशाख । सिआन पुनर्स्थापना केन्द्रले आफ्नो स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष लागेको अवसरमा एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको छ । लागुपदार्थ दुव्र्यसनीको क्षेत्रमा काम गर्दै आएको सिआनले दुव्र्यसनमुक्त समाज निर्माणका लागी अभियान समेत सञ्चालन गर्दै आएको छ ।
सिआन एक बालकको सम्झनामा बालककै नामबाट स्थापना गरिएको सँस्था भएको संस्थाका सञ्चालक सौजन डि.सी.ले बताए । सिआन उनै डि.सी.का छोरा थिए । जति बेला डि.सी. लागूपदार्थको लतमा लिप्त भएकै समयमा उनले आफ्नो नाबालक छोरा गुमाउनु पर्यो । डि सि सम्झदै भन्छन्–‘जुन पीडा मैले अनि मेरो परिवार आफन्तले भोग्नु पर्यो त्यो पिडा अन्य परिवारले भोग्नु नपरोस् भनेर मैले यो सँस्था स्थापना गरी सञ्चालन गरेका छु ।’
कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी प्रमुख लोकेन्द्रबहादुर श्रेष्ठले हरेक कुराको दुई वटा पाटा हुने र हरेक कुराको सहि सदुपयोग गर्ने हो भने यस्ता दुव्र्यसनी जरैदेखि हट्ने बताए । बानी व्यवहारको सहि रुपमा सदुपयोग गर्दा यस्ता समस्या समाजबाट हट्ने र परिवारले आफ्नो अभिभावकत्व राम्रो संग ननिभाउँदा यो समस्या देखा पारेको समेत बताए ।
कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरापालिका वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले आफुले समाज सुधार गर्न केही नयाँ सोच सहित काम सुरु गरेको बताए ।
