समाचार
करेन्ट लागेर दुई युवतीको मृत्यु
बागलुङ ५ जेठ । काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ । जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए। हाइटेन्सन लाइनको पोलबाट विद्युत्...
पार्टी एकता विश्वकै असाधारण घटना : प्रचण्ड
काठमाडौं, ५ जेठ /नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताए । कम्युनिष्ट आन्दोलनलाई...
बालकको विवाह कुकुरसँग
एजेन्सी ५ जेठ / पूर्वी भारतमा एक बालकको छिमेकीको कुकुरसँग विवाह भएको छ । बेहुलालाई जंगली जनावरको आक्रमणबाट बचाउन र दुर्भाग्यबाट जोगाउन उडिसा राज्यको जयपुर जिल्लाको जनजातिको समुदायमा यस्तो विवाह गरिएको हो । विवाहमा एक सय ५० भन्दा बढी मानिस सहभागी थिए । बालकको गिजामा दुई दाह्रा पलाएपछि बालकलाई भविष्यमा हुन सक्ने...
क्युबामा विमान दुर्घटना हुँदा सय भन्दा बढीको ज्यान गयो
रासस/सिन्ह्वा हवाना, ५ जेठ / ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ...
स्याङ्जा पुगेर मन्त्री लालबाबु पण्डितले के भने ?
स्याङ्जा । एमाले र माओवादी केन्द्रको एकतापछि स्याङ्जा पुगेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सबै तहको निर्वाचन सकिएकाले संक्रमणकालको अन्त्य भएको बताएका छन् । सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेतलाई भेला पारेर निर्वाचनपछि संक्रमणको अन्त्य भएपनि कर्मचारीको संक्रमण नसकिएको बताए । राजनीतिक...
नेकपाको संसदीय दलको नेतामा ओली चयन
काठमाडौं, ५ जेठ / पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो...
यी हुन विद्यार्थीलाई कुट्दै पिसाव खुवाउने प्रअ, भन्छन्, मैले त्यसो गरेको होइन
रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब...
सञ्जय दत्तकी छोरी हट अवतारमा
एजेन्सी / बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त प्रायः आफ्नो इन्स्टाग्राम एकाउन्टमा हट फोटो सेयर गर्छिन् । भर्खरै उनले केही नयाँ तस्बिर सेयर गरेकी छिन्, यी तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । ‘आई कान्ट वेट फर समर’ तस्बिरको क्याप्सनमा उनले लेखेकी छिन् । धेरैले उनको सुन्दर शरीरको तारिफ गरेका छन् ।...
रुकुममा दुईको मृत्यु
रुकुम – रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली९पछाडिको भाग० सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–१ पञ्चासेमा रा १ त २२६१...
विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही
राजविराज – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताए । तिनका...









