हेटौँडाको सरस्वती प्राविमा शैक्षिक सामग्री वितरण

तु खबर संवाददाता
२०७५ जेष्ठ १६, बुधबार १९:३२

हेटौँडा, १६ जेठ । हेटौँडा ११ मा अवस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बुधबार शैक्षिक सामग्री वितरण गरिएको छ । करीब १ सय १२ विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयका विद्यार्थीलाई हेटौंडा ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्धप्रसाद घिमिरेको सभाध्यक्षतामा हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्थाले सो शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पराजुलीले सो विद्यालयमा अध्ययन गरिरहेका मध्ये असहाय तथा गरीब विद्यार्थीहरुको विवरण उपलब्ध गराएमा उनीहरुलाई वडा कार्यालयमार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सहकारी संस्थाकी कार्यालय प्रमुख अनिता स्याङ्बोले सामाजिक उत्तरदायित्व अनुरुप शैक्षिक सामग्री वितरण गरिएको बताएकी छिन् । आज वितरित शैक्षिक सामग्रीमा पेन्सिल, डटपेन, कापी, किताब बोक्ने झोला लगायतका सामग्री रहेको छन् ।

विद्यालयकी प्रधानाध्यापक सीता सापकोटाले स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष चक्रधर बिडारी अन्य व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*