थाहा नगरमा नागरिक सुनुवाई

तु खबर संवाददाता
२०७५ जेष्ठ १६, बुधबार १९:००

मकवानपुर, १६ जेठ । ईलाका प्रहरी कार्यालय पालुङको आयोजनामा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ मा बुधबार नागरिक सुनुवाई भएको छ ।

थाहा नगरपालिकाका मेयर लवशेर विष्टको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक दिलिपराज झाको विशेष आतिथ्यतामा नागरिक सुनुवाई भएको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि , समाजसेवी, बुद्धिजीवि गरि करिब १ सय ५० जनाको सहभागीता रहेको थियो ।

नागरिक सुनवाईमा अपराध अनुसन्धानको अवस्था, शान्ति सुरक्षा तथा समसामयिक विषयमा जनताको गुनासाहरु सुनेर समाधानका उपायहरु समेतको बारेमा छलफल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*