नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नाम फेर्यो

तु खबर संवाददाता
२०७५ जेष्ठ १७, बिहीबार ०८:३६
फाइल तस्बिर

काठमाडौँ, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ । पार्टी संसदीय दलको बुधबारको बैठकमा उपनेता सुवास नेम्वाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि बिहीबार आयोगमा निवेदन दिन लागिएको जानकारी गराएका थिए । नयाँ निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीको नामको पछाडि (नेकपा) पनि रहनेछ ।

‘हामीले यसअघि अन्डरलाइन राखेरै दर्ता गराएका थियौँ । तर, यसबारे धेरै छलफल ग-यौँ, जनता, बुद्धिजीवी, नागरिक समाजका सुझाब पनि सुन्यौँ । अध्यक्षद्वयसँगको परामर्शपछि अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने गरी परिमार्जन गर्न आयोगलाई आग्रह गर्ने निर्णयमा पुगेका छौँ,’ बैठकमा उपनेता नेम्वाङले भनेका थिए । उनले पार्टीको नाम परिमार्जन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै बिहीबारै आयोगमा पुगेर औपचारिक पत्राचार गरिने बताए । आयोगमा नेकपाले ४४१ केन्द्रीय सदस्यको हस्ताक्षरसहित दर्ताका लागि यसअघि नै निवेदन दिइसकेको छ । औपचारिक छानबिनपछि आयोगले अन्तिम निर्णय गर्न बाँकी छ । यसअघि आफ्नो पार्टीको नाम राखेर दर्ता गराएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले विरोध जनाएका थिए । नेकपाकै नाममा कट्टेलको दर्ता छ भने विप्लव नेतृत्वको पार्टी नेकपाकै नाममा सञ्चालित छ ।

नेम्वाङ उपनेता, गुरुङ सचेतक चयन
नेकपाको बुधबारको संसदीय दलको बैठकले सुवास नेम्वाङलाई दलको उपनेता तथा सांसद देव गुरुङलाई प्रमुख सचेतक चयन गरेको छ । सचेतकमा शान्ता चौधरी चयन भएकी छिन् ।

टुंगिए स्थायी कमिटी सदस्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीलाई पूर्णता दिएको छ । तत्कालीन एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ नेता स्थायी कमिटीमा परेका छन् । तत्कालीन एमालेका अमृत बोहरा, केशव बडाल र सोमनाथ प्यासी तथा माओवादीका अमिक शेरचन र पेशल खतिवडा आमन्त्रित सदस्यमा राखिएका छन् । बुधबार बसेको शीर्ष नेताहरूको बैठकले स्थायी कमिटी सदस्यको नाम टुंग्याए पनि वरीयताक्रम भने मिलाएको छैन ।

तत्कालीन एमालेका थप चार नेता स्थायी कमिटीमा
तत्कालीन एमालेबाट थप ४ जनाले स्थायी कमिटीमा अवसर पाएका छन् । यसअघि एमालेको स्थायी कमिटीमा नरहेका विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठले स्थायी कमिटीमा अवसर पाएका हुन् ।

४५ सदस्यीय स्थायी समिति
सचिवालयबाट

१. केपी शर्मा ओली
२. पुष्पकमल दाहाल प्रचण्ड
३. माधवकुमार नेपाल
४. झलनाथ खनाल
५. वामदेव गौतम
६. नारायणकाजी श्रेष्ठ
७. ईश्वर पोखरेल
८. रामबहादुर थापा
९. विष्णु पौडेल

तत्कालीन एमालेबाट
१०. सुवास नेम्वाङ
११. भीम रावल
१२. अष्टलक्ष्मी शाक्य
१३. युवराज ज्ञवाली
१४. घनश्याम भुसाल
१५ . प्रदीप ज्ञवाली
१६. पृथ्वीसुब्बा गुरुङ
१७. भीम आचार्य
१८. गोकर्ण विष्ट
१९. योगेश भट्टराई
२०. शंकर पोखरेल
२१. सुरेन्द्र पाण्डे
२२. किरण गुरुङ
२३. मुकुन्द न्यौपाने
२४. सत्यनारायण मण्डल
२५. छविलाल विश्वकर्मा
२६. विष्णु रिमाल
२७. रघुजी पन्त
२८. बेदुराम भुसाल
२९. रघुवीर महासेठ

तत्कालीन माओवादीबाट
३०. देव गुरुङ
३१. टोपबहादुर रायमाझी
३२. गिरिराजमणि पोखरेल
३३. हरिबोल गजुरेल
३४. अग्नि सापकोटा
३५ .वर्षमान पुन
३६. शक्ति बस्नेत
३७ .जनार्दन शर्मा
३८. पम्फा भुसाल
३९. मातृका यादव
४०. गणेश साह
४१. लेखराज भट्ट
४२. देवेन्द्र पौडेल
४३. चक्रपाणि खनाल
४४. लीलामणि पोखरेल
४५. मणि थापा
-नयाँ पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*