समाचार
यसरी खोजिदैछ सक्षम कर्मचारी
काठमाडौँ, १० जेठ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ । प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तह तीन तहमा कस्ता क्षमता भएका कर्मचारी आवश्यक पर्छ भनेर ‘सक्षमता निर्धारण अध्ययन’ शुरु गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । प्रतिष्ठानले...
वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यू
काठमाडौँ, १० जेठ । वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा चार, कोशीटप्पु...
सांसदहरुले एकै स्वरमा भने–‘नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन होस्’
काठमाडौँ, १० जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै सांसदहरुले नीति तथा कार्यक्रम जतिसुकै राम्रो आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभए त्यसको कुनै अर्थ नहुने बताउनुभयो । विगतमा पनि राम्रा र प्रभावकारी...
नारायणगढ–मुग्लिन सडक खण्डमा यसरी हुँदैछ सुरक्षा संरचना निर्माण
चितवन, १० जेठ । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ । नारायणगढ–मुग्लिन सडक...
हेटौँडामा नेपाल टेलिकमको विद्यार्थी अफर सिमकार्ड दोस्रो चरणमा निशुल्क वितरण हुँदै
हेटौँडा, १० जेठ । नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड आजबाट मकवानपुर जिल्लामा दोस्रो चरणमा वितरण शुरु गरेको छ । बैशाख ३ गतेदेखि कक्षा ८, एसईई परिक्षार्थी, कक्षा ११ र १२ को परिक्षा दिएका, ११ र १२ मा अध्यनरत तथा उच्च शिक्षा अध्यनरत गरिरहेका विद्यार्थीका लागि विद्यार्थी अफर...
यस्तो देखियो मिस नेपाल श्रृङ्खला खतिवडाको भार्तााको यात्रा (फोटो फिचर)
–चन्द्र घलान मकवानपुर, १० जेठ । मिस नेपाल वल्र्ड शृङखला खतिवडाले मकवानपुरको विकट कैलाश गाउँपालिकामा रहेको चेपाङवस्तीको अवलोकन गरेकी छिन् । उनले त्यहाँ स्वास्थ्य संस्था स्थापना गर्ने समेत बताएकी छिन् । उनले सोसियल साईट ईन्स्टाग्राम मार्फत भिडियो तथा फोटो सेयर गरेकी छिन् । कैलाश गाउँपालिका वडा नम्बर ७ भार्तामा...
मिस नेपाल श्रृङ्खला खतिवडाले चेपाङ वस्तीमा स्वास्थ्य संस्था स्थापना गर्ने
–चन्द्र घलान मकवानपुर, १० जेठ । मिस नेपाल वल्र्ड शृङखला खतिवडाले मकवानपुरको विकट कैलाश गाउँपालिकामा रहेको चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गर्ने बताएकी छिन् । उनले सोसियल साईट ईन्स्टाग्राम मार्फत भिडियो तथा फोटो सेयर गर्दै स्वास्थ्य संस्था स्थापन गर्ने बताएकी हुन् । मंगलबार कैलाश गाउँपालिका वडा नम्बर ७ भार्तामा पुगेकी...
जुँगा पालेर मासिक तलब
दाङ, १० जेठ । सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै...
ज्वरो र रुघाखोकीका बिरामीले भरियो हस्पिटल
तनहुँ, १० जेठ ।केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ । मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उहाँले दिनुभयो । भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको...
यसरी गरियो अलैँचीको मूल्य निर्धारण
लमजुङ, १० जेठ । जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैँची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो । जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघले प्रतिबिरुवा रु पाँचदेखि रु...










