समाचार
‘नागरिकता नहुनेहरु आफ्नो ठाउँमा फर्किनुहोस्’–गोकर्ण पराजुली
–जी. न्यौपाने मकवानपुर, ११ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीले सिमलटारका नागरिकता नभएका बासिन्दालाई आफ्नो ठाउँमा फर्कन आग्रह गरेका छन् । वि.सं. २०५२ सालदेखि सो स्थानमा बस्दै आएकाहरुलाई ७ दिनभित्र घरटहरा हटाउनका लागि हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गरेपछि चिन्तामा परेका नागरिकहरुसँग छलफल गर्दै शुक्रबार...
मनहरीमा सिविनले रोक्यो बालविवाह
मकवानपुर, ११ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा हुन लागेको १६ वर्षिया बालिका र २७ वर्षिय पुरुषबिचको विवाह रोकिएको छ । सिविन नेपाल मकवानपुरको पहलमा असार ७ गतेका लागि तय गरिएको विवाह रोकिएको मनहरीबाट पत्रकार जयराम मोक्तानले जानकारी दिएका छन् । सिविन नेपाल मकवानपुरमा प्राप्त भएको...
महिला मिलनद्वारा पदमपोखरीमा ७ दिने उद्यमशिलता व्यवसायिक तालिम
हेटौँडा, ११ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ७ दिने उद्यमशिलता व्यवसायिक तालिम प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र साना तथा घरेलु उद्योगको प्राविधिक सहयोगमा तालिम आज सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको...
शान्ति सुरक्षामा युवाको चासो : भिमफेदी प्रहरीलाई २ थान सिसिटिभी सहयोग
मकवानपुर, ११ जेठ । ईलाका प्रहरी कार्यालय भिमफेदीलाई एक युवकले २ थान सिसिटिभी क्यामेरासहित मोनिटर लगायतका अन्य आवश्यक सामाग्री सहयोग गरेका छन् । आज एक कार्यक्रममा प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख सइ मेघराज घिमिरेलाई हेटौँडा–७ निवासी बुद्ध अर्यालले सिसिटिभी क्यामेरा सहितको सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यालयलाई थप व्यवस्थित...
इलाममा प्याराग्लाइडिङ परीक्षण उडान
ईलाम, ११ जेठ । पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो । पाइलट विवेक...
घर बनाउँदै गर्दा झरेर भारतीय नागरिकको मृत्यू
झापा, ११ जेठ । निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए ।...
कालीगण्डकीमा एक युवक बेपत्ता, एकको शव फेला
पाल्पा, ११ जेठ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एक जनाकोे शव शुक्रबार फेला परेको छ । बिहीबार दिउँसो नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी...
युवामैत्री कार्यक्रम गर्न काँग्रेसलाई दवाब
काठमाडौँ, ११ जेठ । विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको...
३० रुपैयाँ घटाएर उखु कषकलाई भुक्तानी
विराटनगर, ११ जेठ । किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिनुभयो । “लगभग ५०...
जुवाखालबाट १४ जना पक्राउ
म्याग्दी, ११ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको...










