समाचार
‘शहिदको नाम लिएर आफ्नो सत्ता जोगाउने खेलमा नेता’
धनगढी, १२ जेठ । ‘रोजगारी दिने, आन्दोलनका शहीद र तिनका आश्रित परिवारको भरणपोषणमा सहयोग गर्ने कुरा गरियो तर अहिले सबै बिर्से ।” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०६२/०६३ मा भएको आन्दोलनका क्रममा धनगढीमा प्रहरी हस्तक्षेप हुँदा घाइते हुनुभएका लछीराम आचार्यले निराश हुँदै बताउनुभयो । आन्दोलनको नेतृत्वकर्तामध्येका एक आचार्यले आन्दोलनपछि सैद्धान्तिक...
ब्लड क्यान्सर पिडीत अनिलको जीवन बचाउको पुकार
खोटाङ, १२ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ब्लड क्यान्सरपीडित अनिल राईको जीवन रक्षाका लागि सहयोगको याचना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका नुनथलास्थित खाम्लाका १९ वर्षीय अनिलको उपचारमा समस्या भएपछि आफन्तले उनको जीवन रक्षाका लागि शुभचिन्तकसँग आर्थिक सहयोगको याचना गरेका हुन् । काठमाडाँैंस्थित सिभिल अस्पतालमा उपचार...
सुन बोकेको आरोपमा दुई नेपाली ल्हासा कारागारमा
रसुवा, १२ जेठ । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन् । अभियुक्तले...
जनप्रतिनिधिको लफडाले केन्द्र तोक्न ढिलाई
जाजरकोट, १२ जेठ । जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले जुनिचाँदेको लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष शिवा आचार्यलगायतका पक्ष जुनिचाँदेको स्यानाखोलामा...
लागुपदार्थ दुर्व्यसनीको अखडामा परिणत हुँदै बर्दिवास
बर्दिवास, १२ जेठ । महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्यसनीको अखाडा बनेको छ । लागुपदार्थ प्रयोग गर्ने दुव्र्यसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँग सम्बन्धित...
अत्याधुनिक भनिएको बस गुडिरहेकै अवस्थामा आगो लागेर ध्वस्त
काठमाडौँ, १२ जेठ । नेपालकै अत्याधुनिक सेवा सुविधासम्पन्न भनिएको यात्रुबहाक बस गुडिरहेकै ठाउँमा आगलागी भइ ध्वस्त भएको छ । काठमाडौंबाट डडेलधुराको लागि छुटेको बसमा गुडिरहेकै अवस्थामा एक्कासि आगो लागेको हो । उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको यात्रुवाहक बस शुक्रबार कोहलपुरको बासगढी नजिकै ओभरट्याग गर्ने क्रममा आगो लागेको...
अपाङ्गता भएकाले नै पाएनन् अपाङ्गता परिचयपत्र
बाजुरा, १२ जेठ ।बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश अपांगता भएका व्यक्तिले सदरमुकाम पुगेर अपांगता परिचय पत्र नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटमा रहेको हिमाली गाउँपालिकाका अपांगता भएका व्यक्तिले परिचय पत्र गाउँबाट जिल्ला सदरमुकाम पुग्न टाढा भएकै कारण समयमै अपांगता परिचय पत्र नपाएको हिमाली गाउँपालिका– १ देउसैनका...
श्रीमान वैदेशिक रोजगारमा भएको बेला आफुभन्दा ११ वर्ष कान्छोसँग अवैध सम्बन्ध, नवजात शिशुको हत्या
कञ्चनपुर, १२ जेठ । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई...
पचास करोडको जैतुन खेर गयो
बाजुरा, १२ जेठ । जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् ।...
सडक फराकिलो पार्दै नगरपालिका, पेटी र टहरा भत्काईदै
बाग्लुङ, १२ जेठ । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ...










