मकवानपुरे पत्रकार मणिराज गौतमलाई रंग पत्रकार पुरस्कार
हेटौँडा, २२ जेठ । मकवानपुरे पत्रकार मणिराज गौतम रंग पत्रकारिता पुरस्कार २०१८ बाट पुरष्कृत भएका छन् । मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना र पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको सहकार्यमा नेशनल पावर म्यूजिक अर्वाड २०१८ अन्तर्गत आज काडमाडौंमा सम्पन्न कार्यक्रममा गौतमलाई पुरष्कृत गरिएको हो ।
उनलाई नगद पाँच हजार सहित प्रमाण पत्रले सम्मान गरिएको आयोजक समितका अध्यक्ष माधबराज खरेलले बताए । गौतमलाई कानुन, न्याय तथा संघिय मामिला मन्त्री शेरबहादुर तामाङले सम्मान गरेका थिए । गौतम लामो समय देखि रंग पत्रकारितामा कलम चलाइरहेका मकवानपुरे रंग पत्रकार हुन्, ।

उनी हाल रेडियो थाहा सञ्चार हेटौंडाका स्टेशन प्रमूख, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष र हेटौंडाबाट संचालित सिधाखबर डटकमका संचालक तथा प्रधान सम्पादक छन् ।
