समाचार

चेपाङ बस्तीमा अनिकाल पर्यो, छाक टार्नै धौधौ

चितवन, १३ जेठ । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो ।...

युवा आफैले गरे नेपालमा कागज उद्योगको सञ्चालन

म्याग्दी, १३ जेठ । मालिका गाउँपालिका–५ देवीस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेरगइरहेको अर्गेलीको लोत्ताको सदुपयोग, रोजगारी सिर्जना र स्थानीयवासीको आयआर्जन वृद्धिका...

ट्याङ्करले ठक्कर दिएका मनहरीका रामको मृत्यू

मकवानपुर, १३ जेठ । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा बाटो काट्दै गरेका पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम भारतीको उपचारका क्रममा मृत्यू भएको छ । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको यूएनको ट्याङकरले बाटो काट्दै गरेका पैदलयात्री भारतीलाई शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पुरानो मेडिकल कलेज...

प्रधानमन्त्रीबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै (लाइभ)

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको...

मोटरसाईकलमा आएक अपरिचत गोली चलाएर बैँक नजिकै सर्वसाधारणलाई लुटे

धनगढी, १३ जेठ । धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ । एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको...

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नवराज शर्मा पुरस्कृत

हेटौँडा, १३ जेठ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा आज हेटौँडामा आयोजित ‘कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार वितरण तथा फोन डायरी विमोचन’ कार्यक्रममा उनलाई पाँच हजार...

मकवानपुर पनि ‘निपा’ भाईरसको उच्च जोखिममा

काठमाडौँ, १३ जेठ । नेपाल ‘निपा’ भाइरसको जोखिममा रहेको देखिएको छ । ६ वर्षदेखि चमेरोमा गरिएको अनुसन्धानले नेपाल पनि ‘निपा’ भाइरसको उच्च जोखिममा रहेको पाइएको हो । अनुसन्धानकर्ताका अनुसार हालसम्म नेपालमा ‘निपा’ भाइरस पत्ता लागेको छैन । दक्षिण एसियामा अहिलेसम्म भारत र बंगलादेशमा मात्र ‘निपा’ भाइरस देखिएको छ ।...

बसले ठक्कर दिँदा मोटरसाईकलमा सवार ४ मध्ये ३ को मृत्यू

तनहुँ, १३ जेठ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार...

आज कृष्ण सेन स्मृति दिवस विविध कार्यक्रम गरि मनाईदै

काठमाडौँ, १३ जेठ । आज जेठ १३ गते , १५ औं कृष्ण सेन इच्छुक स्मृति दिवस । आज देशैभरी विभिन्न कार्यक्रम गरी पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको १५ औं स्मृति दिवस मनाइदैँछ । कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख...

काठमाडौँमा यति धेरै मेट्रिक टन फोहोर, बाग्मती सफाई अभियान जारी

काठमाडौँ, १२ जेठ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,...