मूल्यवृद्धिका विरुद्ध हेटौँडाबाट जुर्मुराए विद्यार्थी

तु खबर संवाददाता
२०७५ जेष्ठ २३, बुधबार १७:४५

मकवानपुर, २३ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक गरेको मूल्यवृद्धि विरुद्ध मकवानपुरको हेटौँडामा विद्यार्थी आन्दोलन तात्तिएको छ । विभिन्न विद्यार्थी संगठनहरुले मूल्यवृद्धिको विरोध गर्दै फिर्ता दवाब दिने उदेश्यले विरोध प्रदर्शन समेत गरिएको छ ।

यसै क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाली काँंग्रेस निकट नेपाल विद्यार्थी संघ मकवानपुरले बुधबार विरोध प्रर्दशन गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसबाट निस्केको विरोध र्यालीले मानस चोक, हेडम्बी हाईट, बुद्ध चोक हुदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै संघका मकवानपुर अध्यक्ष राजु खतिवडाले ओली सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै तुरुन्तै मुल्य फिर्ता लिन सरकारलाई आग्रह गरे । संघले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दबाब दिन र मूल्यवृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*