हेटौँडा एकेडेमीको बसमा अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार

तु खबर संवाददाता
२०७५ जेष्ठ २३, बुधबार १०:००

हेटौँडा, २३ जेठ । मकवानपुरको हेटौंडा–११ नवलपुरमा रहेको हेटौंडा एकेडेमीको स्कुल बसमा मंगलबार राति आगजनी भएको छ । मंगलबार राति अज्ञात समुहले विद्यालय परिसरमा रहेका बसहरुमा आगजनी गरेको बताइएको छ ।

अज्ञात समुहले बसहरुमा पेट्रोल बम प्रहार गरेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसहरुमा सामान्य क्षतिमात्रै भएको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*