मकवानपुरबाट गाँजासहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ २३, बुधबार १४:१७

मकवानपुर, २३ जेठ । लागुऔषध गाँजासहित २ जनालाई बुधबार बिहान पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर ७ की ५५ वर्षीया रीता लामा र राक्सिराङ गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय कुमार भुलनलाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौँडा १९ स्थित सडक खण्डको गुम्बा चोकमा पैदल हिंडिरहेकी रीतालाई शंका लागी उनले बोकेको लेडीज ब्याग जाँच गर्दा ४ केजी २५० ग्राम गाँजा फेला परेको थियो । सोधपुछका क्रममा उक्त गाँजा ओसारपसारमा रामको समेत संलग्नता रहेको पत्ता लागेपछि उनलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले उनीहरुसँगै ग ३ प ८४२९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रचलित कानुन बमोजिम आवश्यक कारवाही भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*