समाचार
मकवानपुर प्रहरीद्वारा ११ वटा ट्रक तथा ट्याक्टर नियन्त्रण
मकवानपुर, १४ जेठ । अबैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरेको भन्दै मकवानपुर प्रहरीले ११ वटा ट्रक तथा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आर्यतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतबाट खटेको प्रहरी टोलीले मकवानपुरका बिभिन्न स्थानबाट ११ वटा ट्रक तथा ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ना ७...
एकीकृत वस्ती र प्रदेश नं ३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण
हेटौँडा, १४ जेठ । अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण ग¥यो । एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार...
घर–घरमा स्टिकर टाँस्दै मुख्यमन्त्री
विराटनगर, १४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ । प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै...
कृषि विकास बैँकको सेवा राम्रो नभएको भन्दै जनप्रतिनिधि नै कुर्लिए
चितवन, १४ जेठ । कृषि प्रधान देश नेपालमा कृषि विकास बंैकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना...
पेट्रोल कम दिएर ठगी गर्ने २ पम्पमा सिलबन्दी
काठमाडौँ, १४ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा...
बढी यात्रु बोक्ने माईक्रो र टेम्पोको जरिवाना डबल
काठमाडौँ, १४ जेठ । उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी...
जलवायु परिवर्तनको असर धान खेतीमा देखियो
हेटौंडा । ललितपुर सुनाकोठीका हरी महर्जनलाई गत चैतदेखि अर्थात् वर्षा पहिले नै पानी परिरहेकाले कतै असारमा सुक्खा भएर धान रोप्न नपाइने हो कि भन्ने चिन्ता छ । पहिले पहिले वैशाख– जेठमा गर्मी र असार लागेपछि वर्षा सुरु हुन्थ्यो । अहिले कुन महिनामा कस्तो मौसम हुन्छ भन्ने टुङ्गो छैन ।...
किसानलाई २ सय ६५ मौरीको घार वितरण
चितवन, १४ जेठ । मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ । राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको ११५...
८ महिनामै १६ हजार उद्योग दर्ता
काठमाडौँ, १४ जेठ । चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग...
यस कारण घट्यो ३३ मेगावाट विद्यूत उत्पादन, उपभोक्ता बढ्दै
काठमाडौँ, १४ जेठ । गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ । सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको छ । आव २०७३/७४ को सोही अवधिमा कूल १०५.३ मेगावाट विद्युत्...










