हेटौँडाबाट ३ हजार बेवारिसे कुखुराको चल्ला बरामद
मकवानपुर, २५ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा बेवारिसे अवस्थामा ३ हजार अवैध कुखुरा चल्लाहरु फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटेको प्रहरी टोलीले कुखुराको चल्लाहरु फेला पारेको हो । बरामद भएको चल्लालाई आवश्यक कारबाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
