समाचार

चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो, मोटरसाइकलको पनि

काठमाडौँ । मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो । त्यसैगरी एक हजार सी. सी. भन्दा माथिका...

१३ खर्ब १५ अर्बको नयाँ बजेटः कुन क्षेत्रले कति पाए ?

– एलिजा उप्रेती काठमाडौं– संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको (२०७५/७६) लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट (वार्षिक आय— व्यय विवरण) पेश गरेको छ । चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो...

आगामी आर्थिक वर्षका लागि रु १३ खर्ब १५ अर्ब बजेट विनियोजन

काठमाडौँ, १५ जेठ ।सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख...

केन्द्र सरकारको बजेटमा परेन हेटौंडा काठमाडौँ सुरुङमार्ग

मकवानपुर । केन्द्रीय सरकारले आज ल्याएको बजेटमा विभिन्न स्थानमा ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ । तर, दूर्भाग्य त्यसमा हेटौंडा काठमाडौँ सुरुङमार्ग परेन । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा अन्य ठाउँमा सुरुङमार्ग बनाउने घोषणा भएको छ । हेटौंडा काठमाडौँ सुरुङमार्ग बनाउने घोषणा भएन । सरकारले नागढुङ्गा...

पदमपोखरी र बसामाडीमा महिला तथा अपाङ्गता बालबालिका सम्बन्धी अभिमुखीकरण

मकवानपुर, १५ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी आल्दमार र वडा नम्बर ३ बसामाडीमा महिला तथा अपाङ्गता बालबालिका सम्बन्धी एक दिने अभिमुखीकरण भएको छ । बाल अधिकार तथा महिला विकास केन्द्रको आयोजना तथा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । अभिमुखीकरणमा अपाङ्गता, अपाङ्गता बारे राज्यको...

छुवाछूतको आरोपमा गुरुकूलका अध्यक्ष पक्राउ

झापा, १५ जेठ । भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ । गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी) लाई भर्ना नलिएर जातीय छुवाछूत गरेको आरोपमा चापागाईंलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका...

रोकी राखेको बसमा मोटरसाईकल ठोक्किदा २ जनाको मृत्यू

काठमाडौँ, १५ जेठ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नं को बसमा बा ३७ प ७३८० नं को मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको...

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यू

डडेल्धुरा, १५ जेठ । डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । घटनाको थप विवरण आउन...

काम अलपत्र छोड्ने र ल्याङल्याङ गर्ने कम्पनीको नाम मन्त्रालयमा पुग्यो, अब के होला सजाय ?

चितवन, १५ जेठ । जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ । मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । निर्माण कम्पनीमध्ये तीन...

सन्दर्भ गणतन्त्र दिवस : गणतन्त्र र संघीयताबारे कर्णालीको बुझाइ

सुर्खेत, १५ जेठ । दश बर्ष अगाडि आज कै दिन २४० वर्ष लामो राजसंस्थाको इतिहास अन्त्य भएर नेपालमा गणतन्त्रको स्थापना भयो । यो दिनलाई जनताद्वारा शासन व्यवस्था सञ्चालन गर्ने दिनका रुपमा स्मरण गरिँदै आएको छ । मूलतः नेपाली जनताका लागि यसबाट नयाँ अध्याय शुरु भयो र मुलुक नयाँ शिराबाट...