समाचार

मकवानपुरगढीमा गोठमा जाँड बरामद

मकवानपुर, १६ जेठ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा गोठमा लुकाई राखेको अवस्थामा मदिरा बनाउने कच्चा पदार्थ (जाँड) फेला परेको छ । मंगलबार प्रहरी चौकी चौघडाबाट खटेको प्रहरी टोलीले करिब १०० लिटर मदिरा तयार गर्ने कच्चा पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अबैध चाँदीको गरगहनासहित हेटौँडाबाट युवक पक्राउ

हेटौँडा, १६ जेठ । अवैध चाँदीका गरगहना सहित हेटौँडाको रातामाटे चेकपोष्टबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय राज भन्ने जितबहादुर सुनारलाई पक्राउ गरेको हो । मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त...

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्षमा चौलागाईँ

हेटौँडा, १६ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) जिल्ला समन्वय समिति,मकवानपुरको अध्यक्षमा साधुराम चौलागाई निर्विरोध निर्वाचित भएका छन् । फेकोफन मकवानपुरको आज सम्पन्न भएको प्रथम अधिवेशनले चौलागाईको नेतृत्वमा २४ सदस्यीय समिति गठन गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम फेकोफन जिल्ला अध्यक्ष...

पदमपोखरीकी दुर्गालाई आफ्नैबाट ज्यान मार्ने धम्की, के हो वास्तविकता ?

हेटौँडा, १६ जेठ । हामीले त्यस्ता कयौँ पारिवारिक ड्रामाहरु हेरेका छौँ जहाँ आफ्नै आफन्त नै दुश्मन बनेर निस्कन्छन् । ती ड्रामाहरु हेर्दा यस्तो पनि वास्तविकतामा होला र ? भन्ने प्रश्न उब्जन्छ । तर वास्तविक जीवनमा समेत यस्तै समस्याको चंगुलमा परेकी छिन् मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीकी दुर्गाकुमारी...

वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम सुरु, ४४ जनाले गरे रक्तदान

मकवानपुर, १६ जेठ । ४६ औ विश्व वातावरण दिवस २०७५ को अवसरमा विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिको आयोजनामा तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को संयोजनमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन हेटौंडा ११ स्थित सामुदायिक प्रहरी सेवा...

मकवानपुरसहितका पर्यटन व्यवसायीले नेपालको पर्यटकीय क्षेत्रको सिमाक्षेत्रमा प्रचार गर्ने

चितवन, १६ जेठ । पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले सक्रियता देखाएको छ । सीमा क्षेत्रका भारतीय शहरमा पुगेर त्यहाँका पर्यटन व्यवसायीमार्फत यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ सौराहाले संयोजन गरी सीमा क्षेत्रमा यहाँको पर्यटकीय महत्वका बारेमा अन्तक्र्रियामार्फत प्रचारप्रसार गर्न...

यी ५ ठूला आयोजना जुन बजेटमा समावेश भयो

मोरङ, १६ जेठ । मोरङ । आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको बजेटमा जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माणलाई पनि बजेटले समेटेको...

रङ कारखानामा आगलागी

चितवन, १६ जेठ । भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो...

गैँडाले लियो एक पुरुषको ज्यान

चितवन, १६ जेठ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको...

सिकर्मी डकर्मी मजदुर संघको भेला कोहल्वीमा

–अनिल प्रित कोल्हवी, १६ जेठ । बाराको कोल्हवीमा श्री जय बिश्वकर्मा बाबा सिकर्मी डकर्मी मजदुर संघको भेला मंगलवार सम्पन्न भएको छ । नेपाल भित्र छरिएर रहेका सिकर्मी र डकर्मी मजदुरहरुले उचित पारिश्रमिक व्यवस्था गर्न, सिकर्मी डकर्मी पेशाको सुरक्षा सम्मान एवं समाजिक प्रेर र मित्रताको सद्भाव कायम राख्ने उदेश्यका साथ...