समाचार
मुख्यमन्त्रीको पौडेलको सपना– हेटौँडाबाट–काठमाडौँ सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकता
हेटौँडा, १५ जेठ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ भन्नुभयो । उहाँले प्रदेशका...
किशोरीहरु काम्दै ढल्न थालेपछि विद्यालय बन्द, के हो मास हिस्टेरिया ?
स्याङ्जा, १५ जेठ ।विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । “विशेष गरी छात्राले टाउको दुख्यो भन्ने,...
भोजपुरी चर्चित नायिका रानी चटर्जी भन्छिन्– ‘नेपालमै एक्सन सिकेर एक्सन स्टार भएकी हुँ’
–सञ्जय मित्र रौतहट, १५ जेठ । भोजपुरी सिनेमाकी प्रसिद्ध नायिका रानी चटर्जीले आफूले नेपालमै एक्सन सिकेको बताएकी छिन् । रौतहटको चन्द्रपुरमा भएको भेटमा नायिका चटर्जीले आफूले एक्सनको ए पनि नजानेको अवस्थामा नेपालकै एक्सन गुरु रोशनबाट आफूले एक्सनको पहिलो काम सिकेको स्पष्ट पारेकी हुन् । रौतहटको गरुडामा शनिवार साँझ गरुडा...
सिएमए संघ मकवानपुर शाखा अध्यक्षमा मदन लामा
हेटौँडा, १५ जेठ । नेपाल सिएमए संघ जिल्ला कार्यसमिति मकवानपुरको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला कार्यसमिति अध्यक्ष अजय राईको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । कार्यसमिति अध्यक्षमा मदन लामा उपाक्ष्यक्षमा कविता रेग्मी, कोषाध्यक्षमा...
हेटौँडालाई स्मार्ट सिटी बनाउन वृहत छलफल हुने
हेटौँडा, १५ जेठ । मकवानपुरको हेटौँडालाई स्मार्ट सिटी बनाउन ‘स्मार्ट सिटी’ विषयमा वृहत विचार विमर्श (छलफल) हुने भएको छ । फेडेरेसन अफ कम्प्युटर एशोसिएसन (क्यान) को आयोजनामा यही जेठ १९ गते शनिबार कार्यक्रम हुन लागेको हो । स्थानीय, प्रदेशिक एवं केन्द्रीय सरकारको सहयोग तथा नीजि क्षेत्रको समेत सहभागितामा हेटौंडा...
३ नम्बर प्रदेश पत्रकार महासंघ समितिलाई हेटौँडामा स्वागत
हेटौँडा, १५ जेठ । नेपाल पत्रकार महासंघ ३ नं प्रदेश समितिका अध्यक्ष प्रताप विष्टसहित नव निर्वाचित पदाधिकारीलाई हेटौँडामा बधाई तथा शुभकामना दिइएको छ । मकवानवानपुर उद्योग वाणिज्य संघले मंगलबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा विष्टसहित सदस्य नानी मैया विष्टलाई...
प्रदेश ३ को सय दिनको काम : कार्यालय र कर्मचारी व्यवस्थापनमै सिमित, जनताको लागि केही न केही
हेटौँडा, १५ जेठ । ३ नम्बर प्रदेश केही कानुन निर्माण, कार्यालय र कर्मचारी ब्यवस्थापनमै अल्झिएर एक सय दिन बिताएको छ । उक्त अवधिमा ५ वटा कानून, प्रदेश सभा नियमावली र प्रदेश सरकारको खर्च ब्यवस्थापन सम्बन्धी आर्थिक बर्ष २०७–७५ को आय र ब्ययको अनुमान ल्याउन सफल भएको छ । तर...
कहाँ बन्छ प्रदेश ३ को स्थायी राजधानी ? सांसदहरुको माग यस्तो छ
हेटौँडा, १५ जेठ । करिब २ महिना अघिसम्म चर्काचर्की बहसको रुपमा बाहिर आएर रोकिएको प्रदेश नम्बर ३ को स्थायी राजधानी र नाम तोक्ने विषयले वर्षे अधिवेशन सुरु भएसँगै पूनः निरन्तरता पाएको छ । राजधानी र प्रदेशको नाम तोक्न ल्याङल्याङ गर्न नहुने कुरामा सांसदहरुले संसदमा चर्को बहस छेडेका छन् ।...
वडा अध्यक्षको संयोजकत्वमा सिमल्टारमा बस्ती व्यवस्थापन समिति गठन
मकवानपुर, १४ जेठ । हेटौँडा ११ ट्रक पार्क वरपरको बसोबास बस्तीको बस्ती व्यवस्थापन समिति गठन गरिएको छ । हेटौँडा उपमहानगरपालिकामा दर्ता रहेको नारायणी यातायात व्यवसायी संघ जग्गाभित्र रहेको ५९ घरधुरीमा केही नभएकाहरुलाई खाली जग्गामा बसोबास व्यवस्था गर्ने उदेश्यले समिति गठन गरिएको हो । हेटौँडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीको...
हेटौँडा ४ बाट १२० लिटर अवैध घरेलु मदिरा बरामद
हेटौँडा, १४ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ बाट सोमबार बिहान १२० लिटर घरेलु मदिरा बरामद भएको छ । वडा प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौँडा ११ बस्ने ६० वर्षीय मीनबहादुर मगरको हेटौँडा ४ स्थित पसलबाट अबैध तयारी घरेलु मदिरा बरामद गरी सम्बन्धित कार्यालयतर्फ कारबाहीको लागि...










