समुदायमा अदालत तथा सामाजिक मनोविमर्श विषयक एक दिने छलफल सम्पन्न

तु खबर संवाददाता
२०७५ जेष्ठ २६, शनिबार २०:१२

मकवानपुर । समुदायमा अदालत तथा सामाजिक मनोविमर्श विषयक एक दिने छलफल तथा अन्तरक्रिया शनिवार सम्पन्न भएको छ ।

भीमफेदी गाँउपालिका तथा महिला सशक्तिकरण समिति भैँसेको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अदालतको कार्यविधी,सेवा सुविधा,निशुल्क कानुनी सहायता सम्बन्धी विषयमा जिल्ला अदालत मकवानपुरका श्रेस्तादार अनन्तराज मरासिनीले सहजीकरण गरेका थिए ।

जिल्ला न्यायाधीश षडानन्द तिवारीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा भीमफेदी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरलगायतको सहभागिता थियो । आयोजित कार्यक्रम भीमफेदी गाँउपालिका उपाध्यक्ष पार्वती रानाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*