अबैध घरेलु मदिरासहित तिनताप्केमा ३ जना पक्राउ
मकवानपुर, २६ जेठ । प्रहरी चौकी लेवटबाट खटेको प्रहरी टोलीलले शनिबार बिहानै हेटौँडा १९ तिनताप्केबाट अवैध घरेलु मदिरा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज २६३८ नम्बरको म्याजिक चालक ३८ वर्षीय गोपाल लामा र म्याजिकमा सवार तिनताप्केका २१ वर्षीया माया लामा र सोही ठाउँका शुभद्रा गोलेलाई नियन्त्रणमा लिएको हो ।
म्याजिकमा सवार लामा र गोलेले ल्याउँदै गरेको अबैध तयारी घरेलु मदिरासहित उनलाई नियन्त्रणमा लिइएको हो । म्याजिकमा ३०० लिटर तयारी मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिइएका उनीहरुमाथि आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
