मदिरा सेवन गर्ने कर्मचारी प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७५ जेष्ठ २६, शनिबार २१:१९

जुम्ला, २६ जेठ / मदिरा सेवन गरेर हल्ला गरेर दैनिक कामकाजमा कठिनाई उत्पन्न गर्ने कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लावाट खटिएको टोलीले शुक्तबार कोष तथा लेखानियन्त्रण कार्यालय जूम्लाका कार्यालय सहयागी विर्षवहादुर महतारालाई नियन्त्रणमा लिइएको हो । मदिरा सेवन गरेर कार्यालयमा हल्ला गर्दै गरेको अवस्थामा फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो ।

यसअघि जिल्ला कारागारका खरिदार पदम भण्डारी र जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रवहादुर बुढ्थापालाई समेत नियन्त्रणमा लिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*