गाँजा र १ नाल भरुवा बन्दुक सहित ज्यामिरेबाट एक जना पक्राउ
मकवानपुर, २७ जेठ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी हटियाबाट प्रहरी सहायक निरिक्षक हिरा लाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरको बकैयाबाट आईतबार बिहान १ जनालाई नियन्त्रणमा लिएको छ ।
बकैया गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिरेमा बस्ने ४० वर्षीय सन्त जिम्बाको घर खानतलासी गर्दा प्लास्टीकको २ वटा बोरामा लुकाई छिपाई राखेको २९ केजी २०० ग्राम अबैध लागू औषध गाँजा र १ नाल भरुवा बन्दुक फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीमाथि प्रचललित कानुन बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
