छायाँदेवी स्मृति मानव अधिकार सम्मान देव नारायण यादवलाई

तु खबर संवाददाता
२०७५ जेष्ठ २७, आईतवार ०८:५१
Chhayadevi Smriti-Tukhabar
Chhayadevi Smriti-Tukhabar

हेटौँडा, २७ जेठ । छायाँदेवी स्मृति मानव अधिकार सम्मानबाट शिमा रक्षार्थ अधिकारका लागि लड्ने देव नारायण यादवलाई प्रदान गरिएको छ । उनलाई नगद ५ हजार १ सहित सम्मान शनिबार हेटौँडामा सम्मान गरिएको हो ।

नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजनामा मानव अधिकारको सन्दर्भमा उपभोक्ताको अधिकार र वर्तमान कानुनी व्यवस्था विषयक कार्यपत्र प्रस्तुति, अन्तरसंवाद तथा छायाँदेवी स्मृति मानव अधिकार सम्मान समर्पण कार्यक्रममा यादवलाई सम्मान गरिएको हो ।

कार्यक्रममा अधिवक्ताद्वय कृष्ण प्रसाद भण्डारी र अप्सरा बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठनका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा गैससका प्रदेश नं. ३ का अध्यक्ष बुद्ध शरण लामा, उच्च बार एसोसिएसन हेटौंडाका अध्यक्ष पुष्कबहादुर थापा क्षेत्री, वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, प्रहरी नायव उपरिक्षक दिलिप राज झालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*