हेटौँडामा बिहानै भेटियो ८० लिटर मदिरा
हेटौँडा, २७ जेठ । मकवानपुरको हेटौँडामा आईतबार बिहानै ८० लिटर तयारी घरेलु मदिरा बरामद भएको छ । आज बिहान करिब साढे ५ बजे अस्थाई प्रहरी पोस्ट मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौँडा १५ हरियालीबाट बेवारिसे अवस्थामा रहेको घरेलु मदिरा बरामद गरेको हो ।
मदिरा नष्ट गर्ने प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
