साथीले चलाएको बन्दुकको छर्रा लागेर युवकको मृत्यू

तु खबर संवाददाता
२०७५ जेष्ठ २५, शुक्रबार ०६:१६
file photo

भोजपुर, २५ जेठ (रासस) ।  आमचोक गाउँपालिकामा भरुवा बन्दूकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दूकको छर्राले घाँटीमा लागेर घटनास्थलमै मृत्यु भएको हो ।

राईसँगै सोही स्थानका ५३ वर्षीय हर्कबहादुर राई भरुवा बन्दूक लिई सोही गाउँपालिकाको इकुवा खोलामा शिकार खेल्न गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो । बन्दूक चलाउने हर्कबहादुरलाई स्थानीयवासीको घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । एक नाले भरुवा बन्दूकसमेत बरामद गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*